काठमाण्डौका यी स्थानमा आज विद्युत सेवा अबरुद्द हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका बिभिन्न स्थानमा भूमिगत विद्युत प्रसारण लाइनको काम गर्न बिधुत सेवा अबरुद्द गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गरेको सुचनामा रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने उल्लेख छ  । रत्नपार्क बितरण केन्द्रका अधिकांश स्थानमा प्रसारण लाइन भूमिगत गर्ने  कार्य भएरहेको छ  । रत्नपार्क बितरण केन्द्र अन्तर्गत  […]

तल्लो अरुण जलबिधुत आयोजनाबाट २६८ परिवार प्रभावित हुने

काठमाडौं । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा बन्न  लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गर्नु पर्नेछ । […]

सामुदायिक वन उपभोक्ताका भान्छामा विद्युतीय चुल्हो

काठमाडौं । कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी ६२ वर्षीया अनिता श्रेष्ठ हिजोआज भान्छामा खाना पकाउन विद्युतीय चुल्हो प्रयोग गर्छिन  । दाउरा र सिलिन्डर ग्यास प्रयोग गर्दै आएकी उनले विद्युतीय चुल्होमा खाना पकाउन थालेकि हुन् । “सुरुमा त चलाउन नजान्दा निकै डर लागेको थियो, कुनै खतरा नहुने, धुवाँ धुलो नआउने र खानेकुरा छिटो पाक्ने रहेछ”, उनले भनिन, […]

ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौं ।  ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा (चार्ज) ल्याइएको छ । धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल विद्युत […]

बिधुत प्राधिकरणले बुझायो लेखा समितिलाई टीओडी मिटरसहितको विवरण

काठमाडौं ।नेपाल विद्युत प्राधिकरणले संसदको सार्वजनिक लेखा समितिमा उद्योगहरुले प्रयोग गरेको डेटिकेटेड तथा ट्रंक लाइनको विवरण बुझाएको छ । शुक्रबारको लेखा समितिको बैठकले विद्युत प्राधिकरणसँग टीओडी मिटरसहितको विवरण माग्ने निर्णय गरेको थियो । प्राधिकरणसँग टीओडी मिटरको विवरण मागेर ५ दिनमा प्रतिवेदन बनाउने र त्यसपछि बस्ने बैठकले निर्णय गर्ने लेखा समितिले निर्णय गरेको छ । शुक्रबार […]

एक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत निर्यात

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८०/८१मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको […]

कानून अनुसार बिधुतको बक्यौता महसुल उठाइन्छ – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी नियमअनुसार विद्युत् बक्यौता उठाइने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले विद्युत्को बक्यौता पनि उठाउनुपर्ने र उद्योग पनि चलाउनुपर्ने उल्लेख गरेका हुन । “हामीलाई उद्योगबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कूल गार्हस्थ्य उत्पादन पनि बढाउनु छ”,प्रधानमन्त्री ओलीले लेखेका […]

नेपाल बीमा प्राधिकरणको बोर्ड सचिवमा सुशीलदेव सुवेदी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको बोर्ड सचिवको जिम्मेवारी सुशीलदेव सुवेदीले पाएका छन्  । प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले निर्देशक सुवेदीलाई बोर्ड सचिवको जिम्मेवारी दिएका हुन् । यसअघि बोर्ड सचिवको जिम्मेवारी निर्देशक दिनेशलाल कर्णले सम्हाल्दै आएका थिए। कर्णले  जेठ ३२ गते अनिवार्य अवकाश पाएका थिए । असार १ देखी सुवेदीले बोर्ड सचिवको जिम्मेवारी सम्हाल्ने छन् । हाल […]

भारतसँगको विधुत व्यापार सहज हुने, ४०० केभीको तेस्रो ठुलो हेटौंडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभीको तेस्रो ठुलो हेटौंडा सबस्टेसन उद्घाटन गरेका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ । यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमानै २२० र १३२/११ केभी क्षमताका […]

देशकै ठुलो विधुत सबस्टेसनको औपचारिक उद्घाटन हुँदै

काठमाडौं ।हेटौँडामा नवनिर्मित देशकै ठुलो विधुत सबस्टेसनको औपचारिक उद्घाटन आज हुँदैछ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा उपमहानगरपालिका-११, स्थित थानाभर्‍याङमा निर्मित ४००० मेगावाट क्षमताको ४०० सय केभी विधुत प्रसारणलाईन हेटौँडा सबस्टेसन को उद्घाटन गर्ने कार्यक्रम रहेको छ । हेटौँडा ४००/२२०/१३२/११ केभी सबस्टेसन बनेपछि पुर्व इनरुवादेखि पश्चिम नवलपरासीसम्म विद्युत् वितरण प्रणालीमा गुणस्तर र सुधार आउने अपेक्षा […]