चैत १० काठमाडौं उपत्यकाका दर्जन बढी स्थानमा विधुत आपूर्ति बन्द हुने

Prabhu

काठमाडौं ।नेपाल विद्युत प्राधिकरणका अनुसार चैत १० काठमाडौं उपत्यकाका दर्जन बढी स्थानमा विधुत आपूर्ति बन्द हुने भएको छ ।

प्राधिकरण प्रणाली संचाल विभाग टेकु सवस्टेमा १३२ र ११ केभी, ४५ एमभिए ट्रान्सफरमर १ र २ लाई समानान्तर गर्न लागेको छ । टेकु स्वस्टेशनबाट आपूति हुने थापाथली, त्रिपुरेश्वर, टेकु, क्षेत्रपाटी, सोह्रखुट्टे, ज्याठा, न्यूरोड, भोटेवहा, लगन, सुन्धरा, खिचापोखरी, बसन्तपुर लगायतका स्थानमा बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार