RE
Global College

डेडिकेटेड, ट्रंक लाइन विद्युत् महसुल विवाद आयोगको म्याद १५ दिन थप

काठमाडौं ।बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् महशुल विवाद समाधान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगको म्याद थप गरेको छ । सरकारले आयोगको म्याद १५ दिन थप गरेको छ  ।

आयोगले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई म्याद थपको अनुरोध सहित पत्रचार गरेको थियो । आयोगको अनुरोधमा  ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले आयोगको म्याद थप गरेको हो  ।

उद्योगी र विद्युत प्राधिकरणबीच डेडिकेटेड फिडर र ट्रंकको विद्युत महशुलमा विवाद भएपछि  विवादको दीर्घकालीन समाधान सिफारिस गर्न सरकारले जाँचबुझ आयोग बनाएको थियो । पुस २४ गते मन्त्रिपरिषद बैठकबाट लालको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो ।

गठनगर्दा आयोगको समय १ महिना तोकिएको थियो । आयोगले यस अघि प्रतिवेदन लेखि बुझाउन  थप एक महिना लाग्ने भनि यस अघि १ महिनाको म्याद थप गरिपको थियो   । पछिल्लो थपिएको समय चैत १० गते सकिँदै थियो । थप १५ दिन म्याद थप भएपछि आयोगले चैत २५ गतेसम्म समय पाएको छ ।

आयोगमा अध्यक्ष पूर्व न्यायाधिश लालसहित सिंचाई सचिव र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव सदस्य रहेका छन् ।

 

NECO

Leave Your Comment

Related News