RE
Global College

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुने

काठमाडौं । स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुने भएको छ । निर्वाचन आयोगले मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुने जानकारी दिएको हो ।

उप निर्वाचन कार्यतालिका अनुसार राजनीतिक दलको दर्ता सूचना असोज ९ गते प्रकाशन गरिनेछ । असोज १० देखि असोज १६ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गरिनेछ। असोज २० गते दल र्दा स्वीकृत गर्ने, निर्वाचन सम्बन्धि निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचरसंहिता तयारी गर्ने, निर्वाचन सम्बन्धि निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम संचालन गरिनेछ ।

कार्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गरिनेछ। कार्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम संचालन गर्दै मंसिर १६ गते मतदान गर्ने लगायतका ६२ वटा क्रियाकलाप सहित निर्वाचन कार्यतालिका स्वीकृत भएको व्यहोरा १६ निर्वाचन आयोगले जनाएको छ ।

 

NECO

Leave Your Comment

Related News