Global College

नागढुंगा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन-ट्याग अब सानिमा बैंकबाटै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्न आवश्यक पर्ने आरएफआईडी प्रविधिमा आधारित एन–ट्याग (N-Tag) अब सानिमा बैंक लिमिटेड तथा देशभर फैलिएका बैंकका शाखाबाट सहजै प्राप्त गर्न सकिने भएको छ ।

सडक बोर्ड नेपालद्वारा सञ्चालित उक्त सुरुङमार्गमा टोल शुल्क भुक्तानीका लागि विद्युतीय टोल संकलन (Electronic Toll Collection) प्रणाली लागू गरिएको छ । सवारीसाधनको अगाडिको सिसामा टाँसिने एन–ट्याग स्टिकरलाई सुरुङमार्गको प्रवेश तथा निकास गेटमा जडान गरिएको उपकरणले स्वतः पहिचान गर्नेछ । त्यसपछि टोल शुल्क सम्बन्धित ट्यागबाट स्वतः कट्टा भई गेट खुल्ने व्यवस्था रहेको छ ।

यस प्रणालीले यात्रुहरूलाई टोल शुल्क तिर्न लाइनमा बस्नुपर्ने झन्झट हटाउनुका साथै छिटो, सहज र झन्झटरहित यात्रा अनुभव प्रदान गर्ने बैंकले जनाएको छ । सवारीधनीहरूले सानिमा बैंकका जुनसुकै शाखाबाट एन–ट्याग प्राप्त गर्न सक्नेछन् । एन–ट्यागमा ईसेवा, फोनपे हब तथा बैंकको मोबाइल बैंकिङ सेवामार्फत रिचार्ज गर्न सकिने व्यवस्था छ ।

 

 

NECO

Leave Your Comment

Related News