RE
Global College

धादिङ र काभ्रको प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय तानियो

काठमाडौं । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ।

धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरूवा गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

उनीहरूलाई गृह मन्त्रालयमै काम गर्ने गरी सरूवा गरिएको तिवारीले जानकारी दिए। गृहले उनीहरूको ठाउँमा धादिङमा सुमन घिमिरे र काभ्रेमा उमेश ढकाललाई पठाएको छ।

मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सञ्चालनमा जिल्ला प्रशासनले रोक नलगाउँदा क्षति हुन पुगेको मन्त्रालयको निष्कर्ष छ । मौसम पूर्वानुमान महाशाखाले बेलैमा गराएको सचेतना र सञ्चारमाध्यमबाट त्यसको व्यापक प्रचार प्रसार हुँदाहुँदै सयौँ सवारीसाधन र यात्रुलाई राजमार्गमा निस्किन अनुमति दिँदा मानवीय क्षति हुनु पुगेको थियो ।

NECO

Leave Your Comment

Related News