RE
Global College

काठमाडौंबाट छुटे रात्रिबस

काठमाडौं । सोमबारबाट रात्रिकालिन बस सञ्चालन हुन चल्न थालेका छन्। काठमाडौँ नयाँ बसपार्कबाट नागढुंगाको बाटो हुँदै गन्तव्यमा पुग्न बस छुटेका हुन्। विगत चार दिनदेखि रोकिएको बस सेवा सोमबारबाट सञ्चालनमा आएको हो । सोमबार ३ बजेट बसपार्कबाट रात्रिकालिन बस छुटेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गंगबुबाट विभिन्न गन्तव्यमा गाडी छुटेको बताएका छन्।

उनले काठमाडौँ उपत्यकाबाट करिब १२ सय यात्रुवाहक सवारी साधन काठमाडौँ बाहिर जाने बताए।

‘दैनिक १२ सय बढी यात्रुबाहक बस बाहिरने महासंघले जनाएको छ । बीपीराजमार्ग, कान्तीपथ लगायतका सडक बन्द हुँदा त्रिभुवन राजमार्ग हुँदै सवारी साधन बाहिरिएको हो ।

काठमाडौँको नयाँ बसपार्कमा दसैँमा बाहिर जान टिकट काट्ने सहित गाडी चढ्ने यात्रुको भिड रहेको छ।

NECO

Leave Your Comment

Related News