गोलभेँडा, काउली र च्याउको मूल्य बढ्यो

काठमाडौं । फलफूलल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (बिहीबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज गोलभेँडा, काउली, च्याउसहितका तरकारीको मूल्य बढ्दा स्कुस, बन्दा, फर्सीसहितका तकारीको मूल्य भने केही घटेको छ।

कालीमाटीमा आज भारतीय गोलभेँडा १४५, सानो लोकल गोलभेँडा १००, रातो आलु ८२, भारतीय रातो आलु ६२, भारतीय सुकेको प्याज १०७, लोकल गाँजर १३५, तराईको बन्दा ३५, स्थानीय काउली १२५, डल्ले भन्टा ६५ र तने बोडी १०० रुपैयाँ प्रतिकिलो छ।

 

त्यसैगरी करेला ९५, लौका ७५, चिचिन्डो ५५, घिरौँला ११०, हरियो फर्सी ३५, भिन्डी ५५, स्कुस २५, रायोको साग १६६, पालुंगोको साग १७६, कन्य च्याउ १५६, डल्ले च्याउ ४२६ र ब्रोकाउली १७६ रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा १३५, सानो लोकल गोलभेँडा ९०, रातो आलु ८२, मुडेको रातो आलु ७९, लोकल गाँजर १३५, लोकल बन्दा ४५, स्थानीय काउली ९५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी हिजो सेतो मुला २७, डल्ले भन्टा ८५, बोडी ९५, घिउसिमी १४५, करेला ९५, लौका ६५, परबल ८५, चिचिन्डो ६५, घिरौँला ८५, हरियो फर्सी ५५, डिन्डी ५५, स्कुस ३५, रायोको साग १३५, पालुंगोको साग १४५, कन्य च्याउ १७६, डल्ले च्याउ ३७६, ब्रोकाउली १६० रुपैयाँ प्रतिकिलो थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार