काठमाडौं । सुनको मूल्यमा गिरावट आएको छ। बुधबार छापावाल सुन प्रति तोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जानकारी दिएको थियो। मंगलबार छापावाल सुन प्रति तोला १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रति तोला एक हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो।