७ प्रतिशतले बढ्यो विदेशी लगानी प्रतिवद्धता

काठमाडौं ।   विदेशी लगानी प्रतिबद्धतामा सात प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको नौ महिना ९साउन–चैत०मा मुलुकमा आउने प्रत्यक्ष विदेशी लगानी एक अर्ब ९८ करोड ७६ लाख रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको नौ महिनामा २८ अर्ब ११ करोड १८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएकामा यस वर्ष चैतसम्म ३० अर्ब नौ करोड ९५ लाख रुपैयाँ […]

रुपन्देहीमा १७ सय साना तथा घरेलु उद्योग दर्ता

काठमाडौं ।  रुपन्देहीमा चालू आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा एक हजार सात सय ७५ उद्योगहरू दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अनुसार उद्योगतर्फ छ सय ७९ र वाणिज्य फर्मतर्फ एक हजार ९६ उद्योगहरू दर्ता भएका हुन् । यस्तै, उद्योगतर्फ एक हजार पाँच सय ८४ र वाणिज्यतर्फ चार गरी जम्मा एक हजार पाँच […]

३४ प्रतिशतले घट्यो विदेशी लगानीकर्ताको लाभांश

काठमाडौं । विदेशी लगानीकर्ताले यस आर्थिक वर्षको नौ महिनामा गतवर्षको सोही अवधिको तुलनामा कम लाभांश लगेका छन् । गतवर्ष अर्थतन्त्रमा देखिएको संकुचनको असर वैदेशिक लगानीका उद्योग व्यवसायमा पनि परेको र त्यसको परिणाम लाभांश वितरणमा परेको देखिन्छ । उद्योग विभागका अनुसार विदेशी लगानीकर्ताले लैजाने लाभांश चालू आर्थिक वर्षको नौ महिनामा ३४ दशमलव ३० प्रतिशतले कमी आएको छ । गत […]

केयूसँगको सहकार्यमा बुद्धभूमि हाइड्रोले ग्रीन हाइड्रोजन उत्पादन गर्ने

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो कम्पनीले काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि सम्झौता गरेको छ । सो ग्रीन हाइड्रोजन परियोजना तल्लो ताँदी जलविद्युत् आयोजनामा सञ्चालन हुने भएको छ  । दुई पक्षबीच भएको तीनबुँदे सम्झौतामा केयूका प्रावधिकले तीन महिना सम्भाव्यता अध्ययन गर्ने र अध्यनअनुसार प्रतिवेदनका आधारमा जलविद्युत् परियोजनाको क्षमताका अनुसार उत्पादन सुरु गर्ने जनाइएको […]

मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सका चिनियाँ भ्यान नेपालमा ल्याउने   

काठमाडौं । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) का उत्पादन नेपाली बजारमा मेगा बिजनेस ग्रुपले ल्याउने भएको छ  । यी उत्पादन नेपाली बजारमा ल्याउने सम्बन्धमा मेगा बिजनेस ग्रुप र सिएचटिसी मोटर्सले  एक आपसमा सम्झौता भएको बताएका छन्   । सम्झौता  अनुसार मेगा बिजनेस ग्रुपले  सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका […]

हेटौंडा सिमेन्ट उधोगको उत्पादन आउन अझै एक हप्ता लाग्ने

काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगबाट  सिमेन्टको उत्पादन सुरु गर्न अझै एक हप्ताको समय लाग्ने भएको छ । करिब दुई हप्ताअघि उक्त उद्योगका केही उपकरण बिग्रिएर मर्मत सम्भार गर्न उत्पादन कार्य बन्द गरिएको थियो । अहिले विभिन्न उपकरणको मर्मत सम्भार गरिने भएकाले तत्काल कोइलाको अभावका कारणबाट उद्योग सञ्चालनमा ल्याउन कठिनाइ उत्पन्न भएको छ । सो उद्योगले […]

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालीबीच नगदरहित भुक्तानी प्रणालीको सहकार्य

काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य गर्ने सम्झौता भएको छ । गण्डकी ट्याक्सी व्यवसाय प्रालिसँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न,आफ्नो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक/वित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी […]

शाओमीले ल्यायो इलेक्ट्रिक कार, कस्तो छ बजार ?

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार सार्वजनिक गरेको छ। एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ली जुनले कम्पनीको स्ट्यान्डर्ड एसयू७ मोडलको मूल्य २ लाख १५ हजार ९०० युआन (२९ हजार ८ सय ७२ अमेरिकी डलर) र म्याक्स भर्जनको मूल्य २ लाख ९९ हजार ९०० युआन हुने बताए। कम्पनीले आफ्नो पहिलो […]

नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो

काठमाडौं ।  गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै भारतद्वारा रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ । नेपालबाट उत्साहजनक रूपमा भारततर्फ निकासी हुन थालेको प्लाइउडको निर्यातमा केही वर्षयता भारतले गरेको अवरोध हटेपछि नेपाली प्लाइउड उद्योगीमा उत्साह भएका छन् । बिगतमा नेपालको पूर्वी नाकातिरबाट प्लाइउड निकासी जारी रहे पनि पश्चिम नेपालको नेपालगञ्ज नाकाबाट भने प्लाइउडको […]

शक्तिखोर औधोगिक क्षेत्रको विषय बजेटमा सम्बोधन हुन्छः प्रधानमन्त्री दाहाल

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औधगिक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा उनले सो कुरा बताएका हुन्  । चितवनको कालिका नगरपालिकामा […]