मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सका चिनियाँ भ्यान नेपालमा ल्याउने   

Prabhu

काठमाडौं । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) का उत्पादन नेपाली बजारमा मेगा बिजनेस ग्रुपले ल्याउने भएको छ  । यी उत्पादन नेपाली बजारमा ल्याउने सम्बन्धमा मेगा बिजनेस ग्रुप र सिएचटिसी मोटर्सले  एक आपसमा सम्झौता भएको बताएका छन्   । सम्झौता  अनुसार मेगा बिजनेस ग्रुपले  सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरुको नेपाली बजारमा बिक्री वितरण गर्नेछ । “व्यापारिक प्रयोजनका लागि प्रयोगमा  आउने यी भ्यानहरु वातारण मैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीको दाबी रहेको छ ।  यी उत्पादन अप्रिल अन्तिम सम्ममा नेपाली बजारमा आइपुग्ने कम्पनीले जनाएको छ  ।

कम्पनीको उत्पादनमा ६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी, ४१.८६ किलोवाट क्षमताको ब्याट्री , २८५ किलोमिटर रेञ्ज (एक पटकको फुल चार्जमा), लिथिएम आएन ब्याट्री प्याक,  २०५ एम. एम. ग्राउण्ड  क्लिएरेन्स , सुविधाजनक कम्पनी जडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका विशेषताहरु रहेका छन ।  यिनीहरुमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ जुन नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानमा नरहेकोप कम्पनीले जनाएको छ  । यसको ११ सिट क्षमताको भ्यानमा बुट स्पेस समेत रहेकपो जनाईएको छ ।

सिएचटिसी मोटर्स  चिनको सरकारद्वारा सञ्चालित कम्पनी हो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार