उधारोमा ब्याण्डविथ आयात, इन्टरनेट ब्ल्याक आउटको खतरा अझै

काठमाडौं । बिहीबार सरकारले सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ मनाइरहँदा मुलुकले भने इन्टरनेट ब्ल्याक आउटको सामना गर्नु परेको छ। नेपालका इन्टरनेट सेवा प्रदायकहरुले ब्याण्डविथ आयातको भुक्तानी नगर्दा भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले सेवामा अवरोध गर्दा नेपालमा इन्टरनेट बन्द भएको हो। बिहीबार दिउँसो करिब ४ बजेदेखि नेपालको इन्टरनेटमा आएको समस्या तत्कालका लागि हल […]

सूचना तथा सञ्चार प्रविधि दिवसकै दिन मुलुकमा इन्टरनेट सेवा अवरुद्ध

काठमाडौं । सरकारले सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ मनाइरहँदा इन्टरनेट सेवा अवरुद्ध भएको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्रीको उपस्थितिमा भव्य रुपमा सूचना तथा सञ्चार प्रविधि दिवस मनाएकै दिन सूचना प्रविधिको प्रमुख स्तम्बको रुपमा रहेको इन्टरनेट सेवा अवरुद्ध भएको हो। आज अपरान्ह ४ बजेदेखि भारतीय एयरटेलले नेपालमा पठाउँदै आएको इन्टरनेट […]

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका  साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले  हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह […]

कानुन निर्माणको पूर्णतापछि सञ्चार क्षेत्रको पुनर्संरचना हुनेछः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले थालेका कानुन निर्माणले पूर्णता पाएपछि नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना हुने बताएकी छिन्। नेपाल पत्रकार महासंघका पदाधिकारी तथा पूर्व अध्यक्षहरु, सञ्चार सम्बद्ध पेशागत तथा समावेशी संगठनका प्रमुखहरुसँग भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सम्बन्धी अन्तक्र्रियामा उनले यस्तो आफूले नीतिगत सुधारमा जोड दिएको बताइन्। ‘मैले […]

सूचना प्रविधि आर्थिक समृद्धिको उदीयमान क्षेत्र: सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा आर्थिक समृद्धिको आधारको रुपमा लामो समयदेखि कृषि, जलस्रोत र पर्यटनलाई लिइँदै आएकोमा अब नयाँ आधारको रुपमा सूचना प्रविधि थपिएको बताएकी छिन् । तेस्रो लगानी सम्मेलनअन्तर्गत सोमबार भएको ‘आईसीटी : भाइब्रेसन इन्भेस्टमेन्ट प्लेटफर्म’ विषयक सत्रलाई सम्बोधन गर्दै उनले अब सूचना प्रविधि आर्थिक समृद्धिको नवीनतम र उदीयमान आधारको […]

२०८६ मा सरकारीकरण हुने सर्तमा मात्रै एनसेलको लाइसेन्स नवीकरण हुने

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी आजियाटा एनसेलको लाइसेन्स सरकारीकरण हुने सर्तमा मात्रै नवीकरण हुने भएको छ। सरकारले गत फागुन ६ गते गरेको मन्त्रिपरिषद्का निर्णयसहित शुक्रबार फागुन महिनाको सबै निर्णयहरु सार्वजनिक गर्दा यस्तो तथ्य बाहिरिएको हो। एनसेलको दोस्रो लाइसेन्स नवीकरण अवधि आगामी भदौं १६ गते सकिँदैछ। २०६१ भदौ १५ मा मोबाइल सेवाको अनुमति पाएको एनसेलले […]

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं ।  मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाइने भएको छ । उक्त प्रयोजनका निम्ति अनलाइनबाटै प्रवेशपासको व्यवस्था गर्न लागिएको गृह मन्त्रालयले जनाएको हो । कामकाजी सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले परीक्षणका रुपमा यही वैशाख १७ गतेदेखि काम विशेषले गृहमन्त्रालय प्रवेश गर्ने व्यक्तिहरुका लागि ई–गेट पास प्रणाली […]

तेस्रो नवीकरण बापत एकमुष्ट करिब २० अर्ब रुपैयाँ तिर्ने बोर्डको निर्णय विरुद्ध टेलिकमका कर्मचारीहरु आक्रोशित

काठमाडौं । नेपाल टेलिकमको बोर्डले दूरसञ्चार सेवाको तेस्रो नवीकरण शुल्क बापत एकमुष्ट २० अर्ब रुपैयाँ तिर्ने निर्णयको विरुद्ध टेलिकमका कर्मचारीहरु विरोधमा उत्रेका छन्। टेलिकमको सञ्चालक समितिको वैशाख १३ गतेको बैठकले तेस्रो नवीकरण शुल्क बापत एकमुष्ट २० अर्ब रुपैयाँ तिर्ने निर्णय गरेको थियो। शुक्रबार टेलिकममा कार्यरत कर्मचारीहरुको विभिन्न ४ संस्थाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै बोर्डको निर्णयको […]

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर्देशीय कारोबार सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लि. (एनसीएचएल) का विच नेपाल र भारतबीच अन्तर्देशीय कारोबारभुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र नेपाल क्लियरिङ हाउस लि (एनसीएचएल) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता […]

एनसीएचएल र नेप्स बीच प्राप्ति गर्ने अन्तिम सम्झौता

काठमाडौं ।  नेपाल क्लियरिङ्ग हाउस लिमिटेड  र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम् लिमिटेड (नेप्स)  एक आपसमा गाभिने भएका छन्  । दुई कम्पनीलाई प्राप्ती गर्न संयुक्त मर्जर प्राप्ति समितिको बैठकले एनसीएचएल र नेप्स तर्फका संयोजक महेश शर्मा ढकाल र संजीव श्रेष्ठले मर्जरको अन्तिम सम्झौता पत्र आदानप्रदान  गरेर एक आपसमा गाभिने अन्तिम सम्झौता गरेका हुन् । अब एक […]