एनसीएचएल र नेप्स बीच प्राप्ति गर्ने अन्तिम सम्झौता

Prabhu

काठमाडौं ।  नेपाल क्लियरिङ्ग हाउस लिमिटेड  र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम् लिमिटेड (नेप्स)  एक आपसमा गाभिने भएका छन्  । दुई कम्पनीलाई प्राप्ती गर्न संयुक्त मर्जर प्राप्ति समितिको बैठकले एनसीएचएल र नेप्स तर्फका संयोजक महेश शर्मा ढकाल र संजीव श्रेष्ठले मर्जरको अन्तिम सम्झौता पत्र आदानप्रदान  गरेर एक आपसमा गाभिने अन्तिम सम्झौता गरेका हुन् ।

अब एक आपसमा गाभिने अन्तिम सम्झौता गरेका दुवै संस्थाहरुले छुट्टा छुट्टै विशेष साधारण सभा गरि आफ्नो शेयरधनीको समर्थन लिएर नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृती पश्चात कम्पनी रजिष्ट्रार कार्यालयकको आवश्यक प्रक्रिया पुरा गरि गरी एकिकृत कारोबार गर्ने छन्  ।

दुबै संस्था बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त गरेर लामो समयदेखि आ–आफ्नो क्षेत्रमा कार्य गरिरहेका छन्  ।  मर्जरमा जान लागेको नेप्सले विभिन्न कार्ड स्किमको लागी कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थालाई सेवा दिदै आएको छ । भने एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म मार्फत आफ्नो सदस्यहरुलाई सेवा दिदै आएको छ ।

८ पुष २०६५ मा  सथापित एनसीएचएलले NCHL-ECC, NCHL-IPS, RPS, connectIPS, CORPORATEPAY, connectRTGS, National Payments Interface (NPI) र NEPALPAY QR लगायतका राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ । अब एनसीएचएल एनपीएस अन्तर्गतको नेशनल कार्ड स्विच र NEPALPAY डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ । हाल ५३ भन्दा बढि बैंक वित्तीय संस्थाहरु र १०० भन्दा बढि अन्य संस्था/निकायहरुले एनसीएचएलको प्रणाली प्रयोग गर्दै आएका छन् ।

नेप्सले बैंक वित्तीय संस्थाहरुको लागी कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्ने काम गरिरहेको छ  । नेप्स अन्तर्गत ११ बैंक तथा वित्तीय संस्थाहरुको १,६०० भन्दा धेरै एटीएम, ९,००० बढि POS मार्फत सेवा र इकमर्स कारोबारको सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार