२० अर्ब ७१ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले २० अर्ब ७१ करोडको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले २८ दिनको लागि ५ अर्ब, ९१ दिनको लागि १० अर्ब ११ करोड २५ लाख, १८२ दिनको लागि ६० करोड रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । बैंकले जारी गर्ने […]

किमाथाङ्का–खाँदबारी सडक बनाउन बजेटको अभाव छैन : पूर्वाधारमन्त्री महासेठ

काठमाडौं ।  उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताएका छन् । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजित प्रथम भोटखोला महोत्सवमा उपप्रधानमन्त्री महासेठले उक्त आयोजनाका लागि बजेट अभाव नभएको उल्लेख गरेका हुन् । कार्यक्रममा रक्षामन्त्री हरि उप्रेतीले किमाथाङ्का नाका चाँडै खोल्ने प्रतिबद्धता व्यक्त गरे । उपप्रधानमन्त्री महासेठ र मन्त्री […]

सुनकोशी मरिण डाइभर्सनः १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी

काठमाडौं ।तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ शुरु गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियमितरुपमा चासो दिएपछि  आयोजनामा उल्लेख्य प्रगति देखिएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र सुरुङ निर्माण सम्पन्न हुने सम्वद्ध आयोजनाले जनाएको छ […]

अर्थमन्त्री र  नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङबीच सिष्टाचार भेट कोरियन कम्पनी हुण्डाईले नेपालमै गाडी उत्पादन गर्ने

काठमाडौं ।अर्थमन्त्री वर्षमान पुन र  नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले शिष्टाचार भेट भएको छ । भेटका क्रममा द्विपक्षीय हित र आपसी सहकार्यका सम्बन्धमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा कोरियाले निरन्तर लगानी गर्दै आएको उल्लेख गर्दै […]

स्वदेशमा नै रोजगारी श्रृजना गरी युवा पलायन रोक्ने  गरि काम भइरहेको छ – अर्थमन्त्री पुन

काठमाडौं ।अर्थमन्त्री बर्षमान पुनले आर्थिक  क्षेत्रमा संलग्न निकायमा पारदर्शिता र व्यावसायिक विकास गरी सुशासन कायम गर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् स्वदेशमा नै रोजगारी श्रृजना गरी युवा पलायन रोक्ने गरी बजेटमा कार्यक्रम तर्जुमा गर्ने उनले बताए । मन्त्री पुनले बजेट प्रणाली र आर्थिक सुधारका लागि चालिएका […]

अर्थतन्त्रमा सिथिलता आएको छ , निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न सरकार प्रतिवद्ध: अर्थमन्त्री

काठमाडौं ।अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरुले दिएका सुझावका आधारमा नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा राष्ट्रियसभा बैठकमा  सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै अर्थमन्त्री पुनले सांसदहरुले छलफलमा उठाएका विषयलाई बजेटमा समावेश गर्ने प्रतिवद्धता जनाएका हुन् […]

सहकारी कर्जा असुली न्यायाधिकरणको गठन हुने, ठूला सहकारी हेर्ने जिम्मा राष्ट्र बैंकलाई

काठमाडौं । सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेका छन् । प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । जसमा वित्तीय संस्थालाई विसंगति मुक्त बनाउने उल्लेख गरिएको छ । वित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगहरूका सुझावलाई […]

यस्तो छ नेपाल सरकारको न्यूनतम नीतिगत प्राथमिकता र सङ्कल्प (पूर्णपाठ)

काठमाडौं । सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । फागुन २९ गते पाँच राजनीतिक दलबीच नयाँ राजनीतिक समीकरण भएसँगै न्यूनतम कार्यक्रम तयार गर्न कार्यदल बनाएको थियो । पाँच दलबीच भएको […]