अर्थतन्त्रमा सिथिलता आएको छ , निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न सरकार प्रतिवद्ध: अर्थमन्त्री

Prabhu

काठमाडौं ।अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरुले दिएका सुझावका आधारमा नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा राष्ट्रियसभा बैठकमा  सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै अर्थमन्त्री पुनले सांसदहरुले छलफलमा उठाएका विषयलाई बजेटमा समावेश गर्ने प्रतिवद्धता जनाएका हुन्  ।

प्रश्नको जबाफ दिने क्रममा उनले अर्थतन्त्रमा केही सिथिलता आएको बताउदै उत्पादन देखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको सिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तिब्रता दिने बताए।

मन्त्री पुनले नीजी क्षेत्रलाई विश्वासमा लिई अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार