डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्दा साना  कारोबार निशुल्क हुने

काठमाडौं । प्रधानमन्त्री के पि शर्मा ओलीले साना डिजिटल कारोबार निशुल्क गर्ने बताएका छन् । उनले भनेका छन् फेसबुकको म्यासेन्जरमा ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेका छन् यसलाई कसरी निशुल्क गर्ने भन्ने बिषयमा सम्बन्धित अधिकारी सँग छलफल गरेर निशुल्क गर्ने बताएका छन् । उनले आज बिहान आप्नो फेसबुक पेजमा स्टाटा लेख्दै […]

दुग्ध किसानले भुक्तानी पाउने, दुग्ध विकास संस्थानले पायो सरकारबाट ६० करोड ऋण

काठमाडौं । सरकारले दुग्ध विकास संस्थान (डिडिसी)लाई ऋण स्वरुप ६० करोड रुपैया दिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्ने सर्तसहित ६० करोड ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । केही समय अघि नेपाल दुग्ध संस्थाललाई ६० करोड  किसानको बस्यौता तिर्ने सर्तमा ऋण दिन अर्थ मन्तालयले सहमति प्रदान गरेको […]

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको लागि पाँच जनाको नाम सर्ट लिष्ट

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गर्न नेपाल सरकार समक्ष नाम सिफारिस गर्ने  २०८१ साउन २८ गते को सुचनाका आधारमा २०८१भदौ १५ गते  सूचना बमोजिम विवरण पेश गरेका उम्मेद्‍वारहरुमध्येबाट  लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको लागि पाँच जनाको नाम सर्ट लिष्ट गरेको छ । सिफारिस समितिको […]

तल्लो अरुण जलबिधुत आयोजनाबाट २६८ परिवार प्रभावित हुने

काठमाडौं । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा बन्न  लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गर्नु पर्नेछ । […]

 मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त

काठमाडौं । हिजो बसेको मन्त्री परिषद् वैठकले  मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । अर्याल नेपाल सरकारको सचिवको बरियतामा चौथो नम्बरमा रहेका थिए। उनी गृह मन्त्रालयको सचिवमा कार्यरत थिए । मुख्य सचिव लीलादेवी गडतौला आजबाट  उमेरका कारण अनिवार्य अवकाशमा जाने भएपछि मुख्यसचिवमा अर्याल नियुक्त भएका हुन् । नेपाल सरकारको ७० जना बिशिष्ट श्रेणीको सचिवमा सबैभन्दा […]

छिमेकी मुलुकसँगका समस्या संवाद मार्फत हल गर्न सकिन्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्माले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरु देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने बताएका छन् । पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान खोजिएमा समस्या […]

देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् । स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई  सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताएका हुन् । उनले आन्तरिक उत्पादनबाट आयात […]

सरकारले चलाएका उद्योगहरु घाटामा जानु हुन्न : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थानहरु घाटामा जान नहुने बताएका छन् । उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा आज भएको ब्रिफिङमा प्रधानमन्त्री ओलीले उद्योगका लागि सडक बाटो, बिजुलीलगायतका पूर्वाधारका वातावरण तयार भइसकेको भन्दै अब औद्योगिकीकरणमा लाग्न आग्रह गरेका हुन । “साना साना लगानीमा […]

उच्च आर्थिक वृद्धि हासिल गर्न सरकारले निजी क्षेत्रलाई आस्वस्त पार्नु पर्छ : चन्द्र ढकाल

काठमाडौं । विगत दुइ बर्षदेखि निजी क्षेत्र संकुचित छ । उद्योगहरु ४० प्रतिशत हाराहारीमात्रै चलेका छन् । ८६ प्रतिशत रोजगारी दिने निजी क्षेत्र संकुचित हुँदा स्वभाविक रुपमा रोजगारीका अवसर कम भएका छन । निजी क्षेत्र फस्टाइरहेका देशमा काम गर्ने मान्छेहरुको माग छ । हामीले यहाँ रोजगारी दिन सकेका छैनौ । नेपाली युवाहरु रोजगारको खोजीमा  ती […]

‘हेल्लो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा निजामति कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका काम कारवाहीबारे आम जनताले सहजरुपमा गुनासो र उजुरी दिन व्यवस्था गरिएको उक्त संयन्त्रलाई प्रभावकारी बनाउन जोड दिएका हुन् । उनले यो  संयन्त्रका सम्बन्धमा आफू […]