सरकारले करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने

Prabhu

काठमाडौं ।   सरकारले करको दरमा एकरुपता कायम गर्नका लागि आवश्यक अध्ययन गर्ने भएको छ । प्रदेशहरुमा करको दरमा एकरुपता नभएको पाइएपछि त्यसलाई मिलाउनका लागि आवश्यक अध्ययन गर्न लागिएको हो ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता यमलाल भुसालले सबै प्रदेशमा करको दरमा एकरुपता ल्याउन अध्ययन गरिने जानकारी  दिएका हुन् ।  विकास समस्या समाधान समितिको बैठकले सवारी करमा एकरूपता ल्याउनका लागि छलफल गरेर उपयुक्त समाधानका उपाय खोजिने निर्णय भएको उनको भनाइ छ ।

“नेपालको संविधानले नै स्पष्ट कानुनी प्रबन्ध गरेको छ । प्रदेशले आवश्यक कानुन तर्जुमा गरी कार्यान्वयन गरिहेको छ । प्रदेशले कानुन बनाउँदा प्रदेश अनुसार फरक फरक सवारी कर कायम भएको छ । सो बारेमा छलफल भइरहेको  र एकरुपता  कायम गर्नुपर्ने आवश्यकता देखिएको छ” प्रवक्ता भुसालले भने।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार