RE
Global College

डा. हरि लम्साल सचिवमा नियुक्त

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले हरि लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले तीनजना सहसचिवहरू डा. हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस गरेको थियो।

पहिलो नम्बरका डा. लम्साल सचिव बनेका हुन्। उनी सुदूरपश्चिम प्रदेशको कायम मुकायम प्रमुख सचिवका रुपमा कार्यरत छन्।

उता शर्मा कोशी प्रदेशको निमित्त प्रमुख सचिवका रुपमा थिए। पौडेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अवकाशमा जानुपहिले नै राजीनामा दिएका थिए। त्यहीकारण उक्त पद रिक्त थियो।

NECO

Leave Your Comment

Related News