हिमालयन बैंकको ४ लाख २८ हजार बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले ४ लाख २८ हजार ५४० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । बैंकले पाँच जना शेयरधनीहरूको नाममा रहेको यी शेयर आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सकिने गरी विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको अवधिभित्र बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधित्रि विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन पेश नगरेमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।