SKIP THIS

MLBL

के बैकर्स एशोसिएशन कमजोर हुँदै गएको हो ?

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
नेपालमा रहेका वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स एशोसिएशनले सम्पूर्ण वाणिज्य बैंकहरुलाई वचत खातमा ८ प्रतिशत भन्दा धेरै व्याज नलिन भद्र सहमती गरेका थिए।  सहमती गरेको केही समयमै एनआई सी एसिया बैंकले वचतमा २ प्रतिशतले व्याज घटाई  ८ प्रतिशत व्याज कायम गरेको थियो तर सगरमाथा वचत खाता नामाकरण गरिएको वचत खातामा  १० प्रतिशत व्याज दिने सिभिल बैंकले भने व्याज दरमा कमी ल्याएन  ।

यता केही दिनका लागि ८ प्रतिशतमा व्याज झारेको एन आई सी एसिया बैंकले भने प्रमुख कार्यकारी अध्यक्षको रजिनामा  पश्च्यात  फेरीपनि  वचतको व्याजलाई  पुर्ववत १० प्रतिशतमै कायम गरेको छ ।

यी दुई बैंकका निर्णयबाट बैकर्स संघले गरेका निर्णय फिका हुँदै गएको प्रस्ट हुन्छ । एउटै बोली हुनु पर्ने ठाउँमा केही बैंकले सहमती  उल्लङ्घन गरेबाट आगामी दिनमा बैकर्स संघका निर्णय रल्याएनपनि कार्यन्यवन हुने कुरामा शंका उत्पन्न भएको छ ।
सहमतिको विरुद्ध गएर व्याज दर  वृद्धि  गरेको आरोपमा  नेपाल बैंकर्स एशोसिएशनले एनअाईसी एसिया बैंकसित  अन्तरबैंक कारोबार नगर्ने निर्णय गरेको छ । यस्तो कदमले बैंकहरु विच सम्बन्ध बिग्रने प्रस्ट देखिएको छ ।
तेश्रो त्रैमासको रिपोर्ट आउँदा आक्रमक रुपमा कर्जा प्रवाह गरेका बैंक र निक्षेप घट्दो प्रवित्तिमा रहेका बैंकलाई कर्जा निक्षेप अनुपात (सिसिडी) रेसियो ८० प्रतिशत मुनी राख्न समस्या पर्ने देखिन्छ । बैंकको प्रणालीमा तरलता वृद्धि नभएको , निर्यातको तुलानामा आयात निकै धेरै हुनु , रेमिटेन्स वृद्धि दरमा दिनानुदिन कमी आउनु र चुनावमा खर्च भएको पैसा बैंकमा आउन समय लाग्नुले बैंकलाई तरलता व्यवस्थापन गर्न थप समस्या हुने देखिन्छ ।
“विदेश बाट आउने पैसामा घट्दो ट्रेन्डमा हुनु र एउटा बैंकबाट अर्को बैंकमा व्याज वृद्धि गरेर पैसा लाने प्रवृतिले अर्थतन्त्रमा राम्रो प्रभाव पार्दैन ”  नेशनल मर्चेन्टमा कार्यरत  सन्तोष राज बजगाईले   भन्नु  भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार