RE
Global College

सांग्रिला डेभलपमेन्ट बैंकले प्रस्ताव गर्यो ११ दशमलव ८० प्रतिशत लाभांश


इक्विटी नेपाल – काठमाडौँ :
सांग्रिला डेभलपमेन्ट बैंकको वैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले  आ.व ०७३/४ को मुनाफाबाट शेयरधनीलाई दुई  दशमलव ५० प्रतिशत बोनस शेयर तथा नौ  दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 
बैंकले केही समय अघि जारी गरेको ८० प्रतिशत हकप्रद शेयर खरिद गर्ने शेयरधनीले समेत पाउने गरी उक्त लाभांश घोषणा गरेको हो। अहिले घोषित लाभांश पूँजीकृत गरे सँगै बैंकको चुक्ता पूँजी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम दुई अर्ब ५० करोड काट्ने छ। 
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत  तथा आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गर्ने जनाएको छ। 
NECO

Leave Your Comment

Related News