प्रकाशकीय: पुनर्गठित पुनर्जागृत यात्रा

Prabhu

पाठकवृन्द,

पुनर्गठित पुनर्जागृत रुपमा Equitynepal.com नेपाली पत्रकारितामा आएको छ ।  नेपालको आर्थिक विकास हाम्रो प्राथमिक क्षेत्र हो । दिगो आर्थिक विकासकोलागि पूँजी लगानी, आर्थिक सशक्तिकरण, औद्योगिक प्रवर्ध्दन, पूर्वाधार निर्माण, उद्यमशीलता प्रवर्ध्दन, सीप विकास, वस्तु तथा सेवाको उत्पादन तथा वितरणमा वृद्दि,  स्थानीय रोजगारी र आयमा वृद्दि  आवश्यक हुन्छ । यससँग सम्बन्धित  तथ्यपरक सूचना एवम् अनुसन्धानमुलक रचना, विचार र  विश्लेषणको संप्रेषणमार्फत  दिगो आर्थिक विकासमा टेवा पुर्याउनु  हाम्रो लक्ष्य हो ।

कानुनी छिद्र प्रयोग गरेर हुने नीतिगत भ्रष्टाचार, अनुत्पादक क्षेत्रको लगानी र  पद तथा व्यक्तित्वको दुरुपयोग गरी लिइने अवान्छित लाभले देशको अर्थतन्त्र दिन दिनै खस्कदो छ । यस विरुध्द बोल्नु पर्ने सञ्चार गृहहरु मौन छन । अझ अहिले औद्योगिक घरनाले आफ्नै मिडिया सञ्चालन गर्ने होड नै चलेको छ । आफ्नो व्यवसायिक लाभलाई केन्द्रमा राखेर सञ्चालन गरिने यस्ता मिडिया अभ्यास नेपालको आर्थिक विकासमा घातक  अभ्यास हो । अझ  व्यवसायिक/विट पत्रकारिताको आवरणमा हुने सूचनामा आर्थिक बार्गेनिङ,  प्रकाशित  समचारको चोरी र खवरदारी गर्नु पर्ने व्यवसायिक घरानाको प्रेश नोट छापेर अनौपचारिक मुखपत्र बन्ने होडले नेपाली पत्रकारिता मृतप्राय बनेको छ । आज आवाज विहिनहरुको आवाजको पहिचान बोकेको पत्रकारिता जगतमा आएको मुर्दा शान्तिमा  नयाँ तरङ्ग सिर्जना गर्नु आजको आवश्यकता हो । हामी आर्थिक क्षेत्रमा ब्याप्त यस्ता तमाम् विकृति, विसङ्गति विरुध्द सतिसाल भएर उभिने छौ ।  वित्तिय पारदर्शिता,  सुशासन, सामाजिक न्यायमा आधारित अर्थतन्त्र विकासमा प्रतिवध्द रहने छौ । विस्वास छ, हामी नयाँ पुस्ताको सोच, योजना र कार्यशैलीमा अघिल्लो पुस्ताको अनुभवलाई समेटेर गाउँ सहरसम्म दिगो आर्थिक विकासका लागि वित्तिय जागरण सिर्जना गर्ने सारथी हुने/बन्ने छौ ।

अन्त्यमा, हाम्रो सम्पत्ति भनेको हामीले पस्कने तथ्य परक सामग्री, तपाई पाठकको विश्वास, शुभेच्छा र रचनात्मक सुझाव  हो। त्यसैले हामी तपाईसँग रचनात्मक सहकार्यको अपेक्षा राख्दछौ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार