सुनको मुल्यमा नयाँ इतिहास कायम

काठमाडौं । सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार १६ सय रुपैयाँले बढेर नयाँ इतिहास कायम गरेको सुनको मुल्यले सोमबार पनि रेकर्ड बनाएको हो ।

सोमबार सुनको मुल्य १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मुल्य १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारको तुलनामा सुनको मुल्य ९ सय रुपैयाँले बढेको हो । अमेरिकी रिजर्भ बैंक (फेड) ले लिएको नीतिगत कारणले गर्दा मुल्यमा चाप परेको बिश्लेषकहरुले तर्क गरेका छन् । सुनको मुल्य छिटै १ लाख ५० हजार पुग्ने उनीहरुको दाबी छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुन १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन १ लाख ४० हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मुल्य सोमबार प्रतितोला ३० रुपैयाँ बढेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मुल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ४२८ दशमलव ०१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३२ डलर ३४ पैसामा कारोबार भइरहेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार