RE
Global College

सिटिजन्स बैंकले दियो बेनी अस्पताललाई आरवो वाटर फिल्टर

काठमाडौं  सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्ला स्थित बेनी अस्पताललाई आरवो (QR) वाटर फिल्टर प्रदान गरेको छ ।

अस्पतालमा सुरक्षित खानेपानीको अभावका कारण विरामीहरुलाई कठिनाईका साथसाथै स्वास्थ्यकर्मीहरुलाई पनि सेवा प्रवाहमा असहजता भएको हुदाँ अस्पतालको सेवा प्रवाहमा केही हदसम्म सहजता होस भन्ने हेतुले बैंकले बेनी अस्पताललाई दुईवटा वाटर फिल्टर सहयोग प्रदान गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने योजना रहेको जानकारी गराएको छ ।

 

NECO

Leave Your Comment

Related News