उच्च ब्याज दरको मारमा बैंकिंग प्रणाली :विगत चार वर्षको ब्याज दर ट्रेन्ड सहित

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :

यति बेला नेपाली बैंकिंग क्षेत्र चर्को ब्याज दरको चपेटामा छ राष्ट्र बैंकले सार्वजनिक गरेको मार्च महिना सम्मको तथ्याङ्क हेर्दा ब्याज दर निकै धेरै भैसकेको छ। 
मार्च महिनासम्म तथ्याङ्क हेर्दा वाणिज्य बैंकहरुको निक्षेपमा औजत ब्याज ६ दशमलव ४५ प्रतिशत रहेको छ यस्तो ब्याज फेब्रुअरी महिनामा ६ दशमलव ३८ प्रतिशत र जनवरी महिनामा ६ दशमलव २१ प्रतिशत रहेको थियो। 
त्यस्तै औसत कर्जाको ब्याज ब्याज ११ दशमलव ९६ प्रतिशत रहेको छ यस्तो ब्याज फेब्रुअरी महिनामा ११ दशमलव ९ प्रतिशत र जनवरी महिनामा ११ दशमलव ७९ प्रतिशत रहेको थियो। 
त्यस्तै अन्तर बैंकिंग ब्याज दर ४ दशमलव ८७ प्रतिशत रहेको छ यस्तो ब्याज फेब्रुअरी महिनामा ४ दशमलव ३१  प्रतिशत र जनवरी महिनामा ४ दशमलव ४ प्रतिशत रहेको थियो।

यो पनि : ब्याज खर्च वृद्धिको मारमा वाणिज्य बैंक , ब्याजबाट ६१ प्रतिशत आम्दानी बढ्दा ब्याज खर्च ९६ प्रतिशतले वृद्धि

त्यस्तै वाणिज्य बैंकहरुको आधार ब्याज दर (बेस रेट ) १० दशमलव ३६ प्रतिशत रहेको छ आधार ब्याज दर फेब्रुअरी महिनामा १० दशमलव १९ प्रतिशत र जनवरी महिनामा ९ दशमलव ९४ प्रतिशत रहेको थियो।

विगत ४ वर्षको वाणिज्य बैंकहरुको तथ्याङ्क हेर्दा अहिलेको समयमा ब्याज दर निकै बढी हो। 
बैङ्कमा निक्षेप वृद्धि भएतापनि कर्जा प्रवाहमा बैंकहरु आक्रामक हुँदा बैंकहरुको सिसिडी रेसियो राष्ट्र बैंकले तोकेको ८० प्रतिशत नजिकै आउँदै गर्‍यो , जसले गर्दा बैंकहरु निक्षेप सङ्कलनमा जोड दिँदा उनीहरू ब्याज वृद्धि गर्न बाध्य भए। 
ब्याज दर उच्च भएको अवस्थामा देशको अर्थतन्त्रलाई राम्रो मानिँदैन। 
अबका महिनामा सरकारले गर्ने विकास खर्चले नै ब्याज दरको दिशा तय गर्ने छ, सरकाराले गर्ने खर्च बढेमा बैंकिंग प्रणालीमा पैसा वृद्धि भई त्यसले अहिले विद्यमान ब्याजदरलाई केही खुकुलो पार्न सहयोग गर्ने छ। 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार