स्टान्डर्ड चार्टर्ड र एभरेष्ट बैंकलाई दाँजेर हेर्दा

Prabhu
Everest Bank Standard Charterd Bank
इक्विटी नेपाल – काठमाडौँ :
ग्रीनण्डलेस बैङ्कका रूपमा स्थापना भएर पछि स्टान्डर्ड चार्टर्डले एएनजेड ग्रीनण्डलेसको हिस्सा किनेसंगै सन २००१ मा स्टान्डर्ड चार्टर्ड बैङ्क नेपालका रूपमा कारोबार सुरु गरेको थियो ।
त्यस्तै भारतको पन्जाब नेशनल बैङ्कको २० प्रतिशत स्वामित्व रहेको एभरेष्ट बैङ्क लिमिटेड नेपालको पुरानो र सफल बैङ्क मध्य एक हो ।
दुवै बैङ्कले राष्ट्र बैङ्कले तोकेको न्यूनतम ८ अर्ब चुक्ता पूँजी पुर्याईसकेका छन्। एभरेष्ट बैंक लिमिटेडले बोनस शेयर र हकप्रद शेयरबाट आफ्नो पुँजीको लक्ष्य पुर्‍यायो भने स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले एफपिओको प्रिमियम प्रयोग गरेर शत प्रतिशत बोनस शेयर दिंदै  ८ अर्ब पुँजीको लक्ष्य पुर्‍याएको थियो ।

हेरौँ इक्विटी नेपाल डेस्कले गरेको तुलनात्मक विश्लेषण :

Everest Bank Standard Charterd Bank
एभरेष्ट बैङ्कले १ खर्ब ६ अर्ब निक्षेप सङ्कलन गरेको छ भने ८८ अर्ब १७ करोड कर्जा प्रवाह गरेको छ । त्यस्तै स्टान्डर्ड चार्टर्ड बैङ्कले ६१ अर्ब २ करोड निक्षेप सङ्कलन गरी ४६ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ ।
एभरेष्ट बैङ्कले ३ अर्ब २५ करोड खुद ब्याज आम्दानी गरेको छ भने स्टान्डर्ड चार्टर्ड बैङ्कले २ अर्ब २४ करोड खुद ब्याज आम्दानी मार्फत कमाएको छ । त्यस्तै एभरेष्ट बैङ्कले १ अर्ब ८० करोड खुद नाफा गरेकोमा स्टान्डर्ड चार्टर्ड बैङ्कले १ अर्ब ५१ करोड खुद नाफा गरेको छ ।

यो पनि हेर्ने छुट्यो कि ? नबिल र इन्भेस्टमेन्ट बैङ्कलाई दाँजेर हेर्दा 

आक्रमक हिसाबले पूँजी वृद्धि गरेका दुई संस्थालाई प्रति शेयर आम्दानी सन्तुलन्मा राख्न कठिन भएको पाइन्छ । एभरेष्ट बैङ्कको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ९६ पैसा रहेको छ भने स्टान्डर्ड चार्टर्डको २५ रुपैयाँ १२ पैसा रहेको छ ।

कुन सस्तो ?

Everest Bank Standard Charterd Bank

जेष्ठ ८ गतेको बजार मूल्य लाई हेर्दा स्टान्डर्ड चार्टर्ड बैङ्कको मूल्य आम्दानी अनुपात ३२ दशमलव ३३ गुणा रहेको छ भने एभरेष्ट बैङ्कको मूल्य आम्दानी अनुपात २४ दशमलव २९ गुणा रहेको छ ।
त्यस्तै बजार मूल्य र किताबी मूल्यको अनुपात (प्राइस टु बुक भ्यालु रेसियो ) बाट हेर्दा स्टान्डर्ड चार्टर्डको अनुपात ४ दशमलव ६९ गुणा र एभरेष्ट बैङ्कको ४ दशमलव ३६ गुणा रहेको छ।  यी दुवै अनुपात हेर्दा स्टान्डर्ड चार्टर्ड बैङ्क भन्दा एभरेष्ट बैङ्क सस्तो छ भन्ने पुष्टि हुन्छ।

निस्क्रिय कर्जाको कुरा गर्दा दुवै बैङ्कको निस्कृय कर्जा एकदमै न्यून छ ।
एभरेष्ट बैङ्क भन्दा स्टान्डर्ड चार्टर्ड बैङ्कको कोषको लागत र बेस रेट ( आधार ब्याज दर ) थोरै रहेको छ। 
पूँजीकोष अनुपात हेर्दा एभरेष्ट बैङ्कको पूँजीकोष अनुपात थोरै छ । स्टान्डर्ड चार्टर्ड भन्दा एभरेष्टलाई भविष्यमा पूँजी वृद्धि गर्नु पर्ने बाध्यता आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार