कर्जा असुली समस्या बन्दै वाणिज्य बैंकलाई

काठमाडौं । आर्थिक गतिविधिमा देखिएको सुस्तीको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थामा परेको छ । बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणमा कर्जा असुली समस्याको रुपमा देखिएको छ । अर्थतन्त्र शिथिल हुदाँ आर्थिक गतिविधि चलयमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह समेत प्रभावित बन्न जाने जनाकारहरु बताउछन् । आर्थिक गतिविधि चलयमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थाका ऋणीले साँवा तथा ब्याज भुक्तानी गर्न सक्दैनन जसले गर्दा कर्जाको स्थिति खराब कर्जामा परिणत हुन जान्छ ।

आर्थिक गतिविधि सुस्ताउदाँ यसको मारमा वाणिज्य बैंकहरु परेको छ । पछिल्लो समय वाणिज्य बैंकहरुको खराब कर्जा बढेको छ । मुलुकमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरु मध्ये करिब ७५ प्रतिशत वाणिज्य बैंकहरुको खराब कर्जा (एनपीएल) बढेको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुरुप खराब कर्जा बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नबिल बैंकको १.४२ प्रतिशत ,ग्लोबल आइएमइ बैंकको ४.६७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.९९ प्रतिशत, हिमालयन बैंकको ०.७७ प्रतिशत, नेपाल बैंकको ३.९५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ४.२३ प्रतिशत ,स्टान्र्डड चार्टर बैंकको १.९५ प्रतिशत,नेपाल एसबिआई बैंकको १.८४ प्रतिशत, एभरेष्ट बैंकको ०.७७ प्रतिशत,कुमारी बैंकको ४.९६ प्रतिशत लक्ष्मी बैंकको ५.४४ प्रतिशत, सिद्धार्थ बैंकको ३.९१ प्रतिशत, कृषि विकास बैंकको ४.७८ प्रतिशत, सिटिजन्स बैंकको ५.४१ प्रतिशत, प्राइम बैंकको ४.८६ प्रतिशत, एनएमबी बैंकको ३.६३ प्रतिशत, प्रभु बैंकको ४.९४ प्रतिशत, सानिमा बैंकको २.९४ प्रतिशत, नेपाल एसबिआइ बैंकको १.८४ प्रतिशत, एनआइसी एशिया बैंकको २.०८ प्रतिशत र माछापुच्छ« बैंकको १.१३ प्रतिशत खराब कर्जा रहेको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा नबिल बैंकको १.५८ प्रतिशत, ग्लोबल आइएमइ बैंकको ४.३८ प्रतिशतनेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.८६ प्रतिशत,हिमालयन बैंकको १.२५ प्रतिशत, नेपाल बैंकको ३.८४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.६२ प्रतिशत, स्टान्र्डड चार्टर बैंकको १.१० प्रतिशत, नेपाल एसबिआई बैंकको २.३५ प्रतिशत, एभरेष्ट बैंकको ०.९० प्रतिशत, कुमारी बैंकको ४.८९ प्रतिशत, लक्ष्मी बैंकको ४.६९ प्रतिशत, सिद्धार्थ बैंकको ३.४४ प्रतिशत, कृषि विकास बैंकको ५.३३ प्रतिशत, सिटिजन्स बैंकको ३.९७ प्रतिशत, प्राइम बैंकको ३.६७ प्रतिशत, एनएमबी बैंकको २.८४ प्रतिशत,प्रभु बैंकको ३.९७ प्रतिशत ,सानिमा बैंकको १.७९ प्रतिशत, नेपाल एसबिआइ बैंकको २.३५ प्रतिशत,एनआइसी एशिया बैंकको ०.५८ प्रतिशत र माछापुच्छ« बैंकको १.१२ प्रतिशत खराब कर्जा रहेको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार