३७ अर्ब ७२ करोड पुग्यो बैंक तथा वित्तीय संस्थामा गैर बैंकिङ सम्पत्ति, व्यवस्थापनमा चुनौती

काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् ।

यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको गैरबैकिङ सम्पत्तिमा अत्याधिक बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोजसम्म बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पत्ति ३७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ७६.४० अर्थात् १६ अर्ब ३३ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति २१ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले घरजग्गामा प्रवाह गरेको कर्जा उठ्न नसक्दा ती संस्थाहरुमा गैरबैंकिङ सम्पत्ति बढ्न पुगेको विज्ञहरु बताउछन् । विज्ञहरुका अनुसार सरकार तथा राष्ट्र बैंकलाई घरजग्गा अनुत्पादक क्षेत्र रहेको र लगानी गर्न सुझाव दिदाँ अटेर गरेको परिणामा स्वरुप गैरबैंकिङ सम्पत्ति हरेक बैंक तथा वित्तीय संस्थाहरुमा थुप्रिन पुगेको हो ।

समीक्षा अवधिमा सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति आर्जन गर्नेमा वाणिज्य र्बैंक, विकास बैंक र वित्त कम्पनी रहेका छन्, यसो हुनमा भने उनीहरुको चुक्ता पूँजीको आकारले गर्दा पनि हो । चालु आर्थिक वर्षको असोजसम्म वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति ३१ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा १४ अर्ब १ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति १७ अर्ब ७२ करोड ४० लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको असोजसम्म विकास बैंकको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ७० करोड ३० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १ अर्ब ३० करोड रुपैयाँले गैरबैंकिङ सम्पत्ति बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकको गैरबैंकिङ सम्पत्ति २ अर्ब ३९ करोड ४० लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको असोजसम्म वित्त कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति २ अर्ब २८ करोड ६० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा गैरबैंकिङ सम्पत्ति १ अर्ब १ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति १ अर्ब २६ करोड ७० लाख रुपैयाँ रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूले नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा आफैंले सकार्नु पर्ने वाध्यताका कारण गैरबैकिङ सम्पत्ति बढेको हो । सकारेपछि यस्तो सम्पत्ति सकेसम्म चाँडै बिक्री गर्नुपर्ने नियम रहेको छ भने त्यसो गर्न नसकेको अवस्था अहिलेका बैंक तथा वित्तीय संस्थामाथि रहेको छ । अर्कोतर्फ गैर–बैंकिङ सम्पत्ति सकार गरेकै समयबाट बैंकहरूले यसको जोखिमबाट बच्न शत प्रतिशत बराबर रकम प्रावधानमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

गैर बैंकिङ सम्पत्ति सर्कानका लागि बैंक तथा वित्तीय संस्थाले सार्वजनिक सुचना जारी गरे पनि बिक्री वितरण नहुदाँ समस्या भएको बैंकरहरुको भनाई छ । माछापुच्छ्रे  बैंकले आफनो स्वामित्वमा रहेको ठूलो मात्रमा घरजग्गा बिक्रीको लागि बुधबार सार्वजनिक सुचना नै जारी गर्यो । बैंकले काठमाडौं, ललितपुर, नुवाकोट, चितवन, झापा, सुनसरी, सिरहा, मोरङ लगायतका दर्जन बढी जिल्लाहरुमा रहेको आफनो घर जग्गा विक्री वितरणको लागि सार्वजनिक सुचना जारी गरेको छ ।

बैंकले बुधबार सूचना जारी गर्दै खरिदका लागि इच्छुक व्यक्ति तथा संस्थाहरुलाई १५ दिनभित्र लिलाम विक्री गोप्य शिलबन्दी बोलपत्र फारम भरेर पेश गर्न पनि आह्वान गरेको छ । बैंकबाट ऋण लिएर भाखा नाघिसक्दा पनि नतिरेपछि ती ऋणीको सम्पत्तिलाई बैंकले आफ्नो स्वामित्वमा लिएर विक्री गर्न लागेको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार