बचत तथा ऋण सहकारीको सञ्चालक दुई कार्यकाल मात्र बन्न पाईने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले  बचत तथा ऋण सहकारीलाई नियमन गर्नेको लागि राष्ट्र बैंकले ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमनको लागि निर्देशिकाको मस्यौदामा सहाकरीको  सञ्चालक समिताम रहेर कार्यसम्पादन गर्न  दुई कार्यकालभन्दा बढी अवधिको लागि निर्वाचित हुन र कार्य गर्न नपाउने  व्यवस्था गरेको छ  ।

बचत तथा ऋण सहकारीको सञ्चालक समिति अध्यक्ष सहित ५ देखि ७ जना सदस्य हुने व्यवस्था निर्देशिकाले गरेको छ । सञ्चालक समिति निर्माण गर्दा उपलब्ध भएसम्म समितिमा कम्तिमा तेत्तीस प्रतिशत महिला सदस्यको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यास्था पनि निर्देशिकाले गरेको छ  ।

वचत तथा ऋण सहकारीको सञ्चालक समितिमा परिवारको एकभन्दा वढी ब्यक्ति एकै अवधिमा सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको पदाधिकारीको रुपमा निर्वाचित  भइ कार्य गर्न नपाउने व्यावस्था निर्देशिकामा उल्लेख छ  ।

कुनै एक संस्थामा कुनैपनि सदस्य संस्थाकोसञ्चालक वा पदाधिकारी कायम भएको भएमा पुन अर्को संस्थामा सञ्चालक हुन नपाउने व्यवस्था निर्देशिकाले गरेको छ ।

कोही पनि शेयर सदस्य संस्थाको सञ्चालक समितिमा निर्वाचित हुन प्रचलित कानूनबमोजिम कालोसूचीमा नपरेको वा कालो सूचीमा परेको भएमा फुकुवा भएको मितिले ३ वर्ष पूरा भएको हुनु पर्नेछ ।

संस्थाबाट आफैले वा परिवारका सदस्यले लिएको ऋण वा जमानी बसेको ऋण निष्कृय वर्गमा वर्गीकृत भएमा त्यस्तो व्यक्ति संचालक नियुक्त हुन नपाउने व्यावस्था निर्देशिकाले गरेको छ  ।

कोही संचालक कालो सूचीमा परेमा र आफैले वा परिवारका  सदस्यले लिएको ऋण र जमानी दिएको ऋण निष्कृय वर्गमा वर्गीकृत भएमा त्यस्तो संचालक स्वतः पदमुक्त हुनेछ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार