बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब बढी लगानीयोग्य रकम, कर्जाको माग न्यून

काठमाडौं । अर्थतन्त्र चलयमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता कायम रहेको छ । हाल बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब २३ अर्ब रुपैयाँ तरलता (लगानीयोग्य) रकम रहेको छ ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्दै गएको छ भने कर्जाको माग हुन सेकेको छैन । नेपाल राष्ट्र बैंकको माघ २१ गतेसम्मको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६७ खर्ब २१ अर्ब रुपैयाँँ पुगेको छ ।

समिक्षा अवधिमा वाणिज्य बैंकहरूले ५९ खर्ब ९० अर्ब रुपैयाँँ निक्षेप सङ्कलन गरेका छन् । यस्तै विकास बैंक र फाइनान्स कम्पनीहरूले सङ्कलन गरेको निक्षेप ७ खर्ब ३१ अर्ब रुपैयाँँ पुगेको छ । माघ २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाले ५४ खर्ब २५ अर्ब रुपैयाँँ कर्जा लगानी गरेका छन् । यसमध्ये वाणिज्य बैंकहरूले ४८ खर्ब १२ अर्ब रुपैयाँँ, विकास बैंक र फाइनान्स कम्पनीहरूले ६ खर्ब १३ अर्ब रुपैयाँँ लगानी गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ७९.४१ प्रतिशत कायम भएको छ । बैंकहरूले कुल निक्षेप सङ्कलनको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । यसअनुसार अहिले वित्तीय प्रणालीमा थप ६ खर्ब २३ अर्ब रुपैयाँ लगानीयोग्य पैसा छ । पर्याप्त क्षमता भएर पनि बजारमा अहिले कर्जाको माग नहुँदा तरलता बढ्दै गएको छ । अधिक तरलताको स्थिति नियन्त्रणका लागि राष्ट्र बैंकले हरेक हप्ता अल्पकालीन अवधिको निक्षेप उपकरण जारी गरेर बजारबाट पैसा ताान्दै आएकोे छ । यस साता पनि राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको छ ।

पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ३ प्रतिशत अर्थात् २ खर्ब ३९ अर्ब ६ करोड रुपैयाँ बढेको छ । गत वर्ष पुससम्म निक्षेप रकम ६.६ प्रतिशत अर्थात् ३ खर्ब ७७ अर्ब ७ करोड रुपैयाँँ बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.९ प्रतिशतले बढेको छ ।

२०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.६ प्रतिशत, ३४.१ प्रतिशत र ५२.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.८ प्रतिशत, २६.७ प्रतिशत र ५९.९ प्रतिशत रहेको थियो ।

२०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ । २०८० पुस मसान्तमा यस्तो निक्षेपको अंश ३६.६ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रकम भने चालू आवको पुस मसान्तसम्ममा ५.२ प्रतिशत अर्थात् २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४ प्रतिशत अर्थात् १ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा सात प्रतिशतले बढेको छ । २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५.३ प्रतिशतले, विकास बैंकहरूको ४.४ प्रतिशतले र फाइनान्स कम्पनीहरूको कर्जा प्रवाह ५.३ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा १४.५ प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६४.९ प्रतिशत रहेको छ । २०८० पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः ११.४ प्रतिशत र ६७.७ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८१र८२ को छ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.८ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशतले, उपभोग्य क्षेत्रतर्फको कर्जा ५.८ प्रतिशतले र कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.०२ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये चालू आवको पुस मसान्तसम्ममा आवधिक कर्जा ३.१ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा २६ प्रतिशतले, ट्रष्ट रिसिट अर्थात् आयात कर्जा ५६ प्रतिशतले, हायर पर्चेज कर्जा ३ प्रतिशतले, नगद प्रवाह कर्जा ४ प्रतिशतले र रियल स्टेट कर्जा ३ प्रतिशतले बढेको छ । यस अवधिमा अद्यावधिक कर्जा भने ९ प्रतिशतले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार