बहुराष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड ‘भिडोल’को उत्पादन नेपालमा सुरु, उपभोक्ताले सस्तोमा लुब्रिकेन्ट पाउने

काठमाडौं । बहुराष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड ‘भिडोल’को उत्पादन नेपालमा सुरु भएको छ । युनाइटेड लुब्रिकेन्टले बेलायती ब्रान्ड भिडोलको फ्रेन्चाइज लिएर मधेश प्रदेश धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३ मा उत्पादन सुरु गरेको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सितशकुमार सिंह र भिडोल इन्टरनेस्नल लिमिटेड यूकेका निर्देशक अरिजित वासुले असोज १ गते (मंगलबार) यूनाइटेड लुब्रिकेन्ट इन्ड्रष्ट्री प्रालिको उद्योग उद्घाटन गरेका हुन् ।

नेपालमा गुणस्तरिय र उच्चकोटीको लुब्रिकेन्ट उत्पादन गर्ने लक्ष्य सहित ५० करोड रुपैयाँको लगानीमा लुब्रिकेन्टको उत्पादन सुरु गरिएको यूनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिजका प्रबन्ध निर्देशक दिपेन्द्रकुमार मिश्रले जानकारी दिए ।

यूनाइटेड लुब्रिकेन्टले भिडोल र नेपाल गोल्ड लुब्रिकेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

‘नेपालमा अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरिय लुब्रिकेन्ट उत्पादन गर्न भिडोलसँग सम्झौता गरिएको हो । यसबाट उपभोक्तालाई पनि लाभ हुन्छ । उपभोक्ताले सस्तो मूल्यमा विश्वस्तरीय लुब्रिकेन्ट प्रयोग गर्न पाउनु हुनेछ,’ मिश्रले भने ।

कुल एक लाख ७५ हजार ८७६ स्क्वायर फिटमा फैलिएको उद्योगको निर्माण सन् २०२१ मा सुरु गरिएको हो । २०२३ बाट नेपाल गोल्ड लुब्रिकेन्ट उत्पादन सुरु गरिएको हो । भिडोल ब्रान्डको फ्रेन्चाइज प्राप्त भएसँगै असोज १ गते विशेष कार्यक्रम आयोजना गरेर औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

यस उद्योग मार्फत ५० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको मिश्रले जानकारी दिए । बेस आयात आयात गरेर ग्रिज, लुब्रिकेन्ट उद्योगमै उत्पादन हुने भएकाले यसबाट करिब ४० प्रतिशत मूल्य अभिवृद्धि हुने अपेक्षा गरिएको हो । सरकारले प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराए भारतको बिहार, उत्तर प्रदेश र बंगलादेशमा पनि लुब्रिकेन्ट निर्यात गर्न कठिन नहुने मिश्रको दाबी छ ।

भिडोलको फ्रेन्चाइज लिएकाले नेपालमा पनि अन्तर्राष्ट्रिय कोटीको लुब्रिकेन्ट उत्पादन हुने कम्पनीका जनरल म्यानेजर दिनेश खनालले बताए । ‘गुणस्तरमा कुनै कम्प्रमाइज हुँदैन। यहाँ उत्पादन हुने हरेक लटको प्रोडक्ट भिडोल इन्डियाले प्रमाणित गरेपछि मात्र बजारमा बिक्रीका लागि पठाइन्छ । नेपालमै गुणस्तरिय लुब्रिकेन्ट उत्पादन तथा उपलब्ध गराउन भिडोलको फ्रेन्चाई लिएको हो,’ खनालले भने ।

भिडोलका निर्देशक अरिजित वासुले भिडोलले गुणस्तरिय उत्पादन, उत्कृष्ट सर्भिस र इनोभेसनका कारण सय वर्षदेखि भिडोलले प्रगति गरिरहेको बताए ।

यूनाइटेडसँगको साझेदारी भिडोलका ब्रान्ड प्रतिको नेपालीको इमेज र प्रगति अझै बढ्ने उनले विश्वास व्यक्त गरे ।

कुनै क्षेत्रमा उद्योग स्थापना हुन्छ भने त्यसको प्रभाव उद्योग आसपासको जनजीवनमा पर्छ । उद्योग स्थापना हुने क्षेत्रको जनजीवनमा सकारात्मक प्रभाव रहोस् भन्ने हाम्रो उद्देश्य हो,’ वासुले भने । यूनाइटको सोच विचार पनि सोही दिशामा रहेकाले साझेदारी गरिएको उनले बताए ।

साथै उनले उत्पादनसँगै भिडोलसँग उपलब्ध प्रोडक्ट, टेक्नोलोज र अनुभव नेपाली बजारमा ल्याउने प्रतिबद्धता जाहेर गरे । सावरी साधनको टेक्नोलोजी परिवर्तन भइरहेको छ। सोही अनुरुप लुब्रिकेन्टको टेक्नोलोजी पनि परिवर्तन भइरहेको छ। यस्तो प्रकारको परिवर्तनमा भिडोल इन्टरनेस्नलको तर्फबाट पूर्ण सहयोग मिल्ने छ । नेपालको बजारमा आवश्यक पर्ने नयाँ टेक्नोलोजी र प्रोडक्ट हामी ल्याउने छौं,’ उनले भने ।

नेपालको अर्थतन्त्रको मधेश प्रदेशको ठूलो योगदान रहेको बताउँदै मुख्य मन्त्री सिंह नयाँ उद्योग मार्फत मधेश प्रदेशमा रोजगारी सिर्जना हुने, राजस्व बढ्ने र अर्थतन्त्रमा प्रभाव पर्ने बताए ।

मधेश प्रदेशमा बारा, पर्सामा औद्योगिक करिडोर छ । यो विस्तारै धनुषामा सिफ्ट हुँदै धेरै उद्योगहरु खुलिरहेका छन् । मधेश प्रदेशमा धेरै सम्भावना छ,’ सिंहले भने । मधेश प्रदेशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने खालका यस प्रकारका राम्रो काम गर्दै जानु भनेर उनले शुभकामना दिए ।

 

सडक यातायात नै नेपालको मुख्य यातायात हो । नेपालमा अटोमोबाइल उद्योग बढ्दो क्रममा छ । तर पछिल्लो दुई/तीन वर्षदेखि अटोमोबाइल उद्योगमा केही शिथिलता छाएको छ । अर्थतन्त्रमा सुधार आउँदा यो क्षेत्रले स्वाभिवक वृद्धि हासिल गर्नेछ,’ सिंहले भने ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार