कृषि क्षेत्रमा कर्जा प्रवाहमा गिरावट: आत्मनिर्भरताको बाटो चुनौतीपूर्ण

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार कृषि तथा वन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह घटाएका छन् । सरकारले कृषिमा लगानीलाई प्राथमिकतामा नराख्दा र आयातित कृषि उपजमा भर पर्नु पने समस्याका कारणले गर्दा बैंक तथा वित्तीय संस्थाले सो क्षेत्रमा कर्जा प्रवाह घटाएको जानकारहरु बताउछन् ।

राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले कृषि तथा वन क्षेत्रमा ८ अर्ब भन्दा बढी रकमले कर्जा प्रवाह घटाएका हुन् । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोजसम्म बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा वनमा ३ खर्ब ६२ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ८ अर्ब २ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा वनमा ३ खर्ब ७० अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

वाणिज्य बैंक र विकास बैंकले कर्जा प्रवाह घटाँउदा समग्रमा कर्जा प्रवाहित हुने पुगेको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् । यद्पि कृषि तथा वनमा भने वित्त कम्पनीले कर्जा प्रवाह बढाएको उनीहरुको भनाई छ ।

चालु आर्थिक वर्षको असोजसम्म वाणिज्य बैंकले कृषि तथा वनमा ३ खर्ब २२ अर्ब ६ करोड रुपैयाँ कर्जा वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनमा ६ अर्ब २४ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले सो क्षेत्रमा ३ खर्ब २८ अर्ब ३० करोड रुपैयाँ कर्जा वितरण गरेका थिए ।

चालु आर्थिक वर्षको असोजसम्म विकास बैंकले कृषि तथा वनमा ३३ अर्ब १६ करोड ७० लाख रुपैयाँ कर्जा वितरण गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २ अर्ब २० करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले सो क्षेत्रमा ३५ अर्ब ३७ करोड ५० लाख रुपैयाँ कर्जा वितरण गरेका थिए ।

चालु आर्थिक वर्षको असोजसम्म वित्त कम्पनीहरुले कृषि तथा वनमा ७ अर्ब १० करोड ६० लाख रुपैयाँ कर्जा वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४२ करोड २० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले सो क्षेत्रमा ६ अर्ब ६८ करोड रुपैयाँ कर्जा वितरण गरेका थिए ।

कृषि तथा वनमा गरेको लगानी सुनिश्चित र प्रतिफलयोग्य हुन नसक्दा बैंक तथा वित्तीय संस्थाले लगानी घटाएको हुन सक्ने जानकारहरु बताउछन् । अर्कोतर्फ आयातित कृषि उपजले भरिएको हाम्रो परिवेशमा आत्मनिर्भर बन्ने बाटो छोडेर गलत बाटोमा लाग्दा लगानी घटाएको विज्ञहरु बताउछन् । कृषिमा लगानी गरि आत्मनिर्भर हुनुपर्ने आवश्यकता रहेको हुँदा आगामी दिनमा लगानी बढाउने बाहेक विकल्प नभएको अर्थविद् केशव आचार्यले बताए । वनको सदुपयोगको बारेमा भने तीनवटै सरकारले सही निर्णय लिन नसक्दा लगानी जोखिम कायम रहेको उनको भनाई छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार