कसैको स्वार्थ हेर्दिन, मुलुकको स्वार्थ हेर्छुः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रुपमा करका दर हेरफेर नहुने बताएका छन् । राजधानीमा आइतबार आयोजित पूर्वबजेट छलफलमा मन्त्री पुनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको भन्दै कसैका स्वार्थ हेरर नभई मुलुक हेरेर करका दर हेरफेर गरिने प्रतिबद्धता जनाए । ‘मैले यसअघि पनि पटकपटक सार्वजनिक मञ्चहरुमार्फत भनेको छु । कोही […]

समग्रमा मुल्यवृद्धि घट्दा सबैभन्दा कम हिमालमा

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा वार्षिक बिन्दुगत  उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ४.६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो । आइतबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको नौ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको […]

१० खर्ब ५३ अर्ब पुग्यो व्यापार घाटा

काठमाडौं ।  मुलुकको व्यापार घाटा १० खर्ब ५३ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनाम कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले कमी आई १० खर्ब ५३ अर्ब ४२  करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात […]

‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’

गण्डकी। पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) जाँच गर्न ‘चेकपोष्ट’ नहुँदा पदयात्री अवैध रूपमा प्रवेश गर्ने क्रम बढेको सूचनासँगै ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले शनिबार अन्नपूर्ण गाउँपालिकाको वीरेठाँटीमा स्थलगत अनुगमन गरेको छ । ‘सुरक्षित र मर्यादित पदयात्राका लागि सचेतना तथा अनुगमन’ कार्यक्रमका साथ टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी नेतृत्वमा पर्यटन व्यवसायी, पर्यटन […]

टुँडिखेलमा सञ्चालित निःशुल्क सीप मेलामा बढ्दो युवा आर्कषण

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाद्वारा टुँडिखेलमा सञ्चालित निःशुल्क सीप मेलामा बेरोजगार युवाको आकर्षण देखिएको छ । सीप सिकेर रोजगार हुने उद्देश्यले सयौँको सङ्ख्यामा बेरोजगार युवा सीप सिक्न दैनिक आइरहेका छन् । यहाँ सीप सिक्न धेरै जिल्लाका युवाले फाराम भरेको आयोजकले जनाएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने नाराका साथ काठमाडौँ महानगरपालिकाले यही वैशाख […]

अघि बढ्यो एमसीसी, नवलपरासीमा ४०० केभी सबस्टेशन बनाउन भारतीय कम्पनीसँग सम्झौता

काठमाडौं । एमसीसीको परियोजनाको पहिलो ठेक्का लागेको छ । एमसिए–नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माणका ठेक्का सम्झौता गरेको छ । यो सबस्टेशन भारतीय कम्पनी लिङ्कसन इण्डिया प्रालिले बनाउने भएको छ । एमसीए नेपाल र भारतीय कम्पनीबीच विहीबार निर्माण सम्झौता भएको छ । बिहिबार नवलपरासीमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक […]

माइक्रोफाइनान्सबाट बाहिरिएर एसएमइ कर्जामा लाग्न बैंकहरुलाई पुर्बअर्थ मन्त्री युबराज खतिवडाको सुझाब

काठमाडौं । बैंकहरुलाई माइक्रोफाइनान्सबाट बाहिरिएर एसएमई कर्जा बिस्तारमा लाग्न पूर्वअर्थमन्त्री युवराजले सुझाएका छन् । नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) ले आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयक राष्ट्रिय सम्मेलमा उनले यस्तो बताएका हुन् । उनले बैंकहरुले दुई सय वटा व्यवसायीहरुलाई मात्रै कर्जा थप गर्दै लगेको बताए । उनले बैंकहरुले २ सय उद्योगी व्यवसायीहरु […]

सीआईटीको नाफा ८८ करोड २४ लाख

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक २०८०\०८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्बजनिक गरिएको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म सीआईटीले ८८ करोड २४ लाख खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको  सोही अवधिमा  सीआईटीले जम्मा ७७ करोड ७९ लाख  नाफा गरेको थियो । अघिल्लो बर्षको सोही अबधिको तुलनामा  […]

आगामी आवको बजेट तयार गर्न छलफलमा जुट्यो काठमाडौं महानगर

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ का लागि काठमाडौं महानगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा गर्न छलफल सुरु भएको छ । वैशाख १० गते महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को वैठकले आव २०८१/८२ का लागि मार्गदर्शन पारित गरेपछि त्यही मार्गदर्शनका आधारमा उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा रहेको ‘बजेट […]

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि महासंघले पहल गरिरहेको बताएका छन्। यसमा सरकारको नेतृत्व र विकास साझेदारहरुसंगको सहकार्य आवश्यक रहेको अध्यक्ष ढकालले नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का दशीय प्रबन्धक मार्टिन होल्टम्यानसँग बिहीबार भएको भेटमा बताएका हुन्। भेटमा महासंघका […]