नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाबिच व्यवसायिक सहकार्यको समझदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधिमण्डलबिच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । काठमाडौँमा भएको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका व्यावसायिक प्रतिनिधिमण्डलबिच व्यापार सहजीकरण एवम् पर्यटन क्षेत्रमा लगानीका विषयमा समझदारी भएको चेम्बर अफ कमर्सले जनाएको छ । अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा चेम्बरले, जलविद्युत, होटल लगायतका क्षेत्रमा १ […]

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको बताएका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरुसँगको साइडलाइन बैठकमा बोेल्दै सोमबार बिहान उनले सम्मेलन सफल भएको बताए । उनले लगानी सम्मेलनमा विकास […]

लगानी कोषले सबै नागरिकलाई पेन्सन योजनामा समेट्ने

काठमाडौँ । नागरिक लगानी कोषले देशभरका सबै नागरिकलाई नागरिक पेन्सन योजनामा समेट्ने भएको छ । विराटनगरमा भएको नागरिक पेन्सन योजनासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सबैलाई पेन्सन योजनामा समेट्ने तयारी थालिएको जानकारी दिए । चालू आर्थिक वर्ष २०८०/८१ बजेटमा नागरिक लगानी कोषमार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भन्ने व्यवस्थाअनुसार […]

‘पीपीपी’ प्रवर्द्धन गर्न वाप र नापबीच महत्त्वपूर्ण समझदारी

काठमाडौं । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा  नेपालमा सार्वजनिक(निजी साझेदारी (पिपिपी) प्रवर्द्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स’ (नाप) बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ । उक्त समझदारीपत्रमा वापकातर्फबाट अध्यक्ष जियाद(अलेक्स्यान्डर हायक र नापकातर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । समझदारीमा दुवै […]

सुनको मूल्य घट्यो चाँदीको बढ्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ । सोमबार छापावाला सून प्रतितोलना ४ सय रुपैयाँले घटेको हो । छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले घट्दा सोमबारका लागि सूनचाँदी व्यवसाय महासंघले छापावाला सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ तोकिएको छ । तेजावी सुन पनि प्रतितोला ४ सय […]

ठूलो मात्रामा लगानी गर्न पूर्वअर्थमन्त्री डा. महतको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीका लागि नेपाल राम्रो गन्तव्य भएको बताएका छन् । आजदेखि यहाँ सुरु भएको लगानी सम्मेलनको सत्रलाई सम्बोधन गर्दै उनले सरकारी नीतिमा स्थिरता रहेको, भारत र चीनजस्ता ठूला छिमेकी देश भएकाले बजारको समस्या नरहेको बताए । उद्योग सञ्चालनमा श्रमिकको समस्या नरहेको, मुनाफा आर्जन गरेर लैजान पाउने […]

लगानी सम्मेलनमा सबैभन्दा बढी चिनियाँ लगानीकर्ता

काठमाडौं । तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे । सम्मेलनस्थलमा २३ वटा प्रदर्शनी कक्ष राखिएका छन् भने सहभागी एवम् लगानीकर्ताले ती प्रद्धर्शनीकक्षमार्फत् विभिन्न परियोजनाबारे विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको लगानी सम्मेलन सचिवालयले जनाएको छ । सम्मेलनका क्रममा विभिन्न १९ वटा परियोजनाका […]

१३ खर्ब ६४ अर्बले सार्वजनिक ऋण थप हुने

काठमाडौँ । सार्वजनिक ऋणको आकार घट्नेभन्दा पनि बढ्दै जाने आकलन गरिएको छ । गत फागुन मसान्तमा २३ खर्ब ८८ अर्ब २६ करोड ४३ लाख रुपैयाँ रहेको सार्वजनिक ऋण अवको केही वर्षभित्र ५७ दशमलव १५ प्रतिशतले वृद्धि हुने देखिएको छ । राष्ट्रिय योजना आयोगले आगामी तीन आर्थिक वर्षमा सार्वजनिक ऋण १३ खर्ब ६४ अर्ब ९७ करोड ५२ लाख […]

बीएलसी ग्रुप र भारतको योट्टाबीच डाटा सेन्टर स्थापनाको लागि समझदारी

काठमाडौं । बीएलसी ग्रुप नेपाल र योट्टा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाको लागि समझदारीमा हस्ताक्षर भएको छ । डेटा सेन्टर, क्लाउन सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवा को लागि दुई पक्षीय सम्झौता भएको हो । योट्टा डेटा सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ता र बीएलसी ग्रुपकी निर्देशक मेगा चौधरीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । […]

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्ः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन् । आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा उनले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला रहेको उल्लेख गरेका हुन् । प्रमुख […]