आगामी आवको बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन्। सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए। “सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट […]

भारतका नियन्त्रक तथा महालेखापरीक्षक मुर्मद्वारा चन्द्रागिरि नगरपालिका अवलोकन

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका नियन्त्रक तथा महालेखापरीक्षक गिरिसचन्द्र मुर्मले नेतृत्व गरेको उच्च प्रतिनिधिमण्डलले आज चन्द्रागिरि नगरपालिकाको अवलोकन गरेको छ । सो अवसरमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले उनीहरूलाई नगरपालिकाले सम्पादन गरिरहेका कामका बारेमा जानकारी दिएका थिए। उनले भने, “ सार्वजनिक सेवालाई चुस्त बनाउन नगरपालिकाले उच्च प्राथमिकता दिएको छ । नगरवासीको सहभागिता र सहकार्यमा भौतिक […]

अर्थमन्त्री भन्छन्: अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन्

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन्। काठमाडौंमा बुधबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेको बताएका हुन्। विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्याङ्क विभागले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे […]

नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच सम्झौता

काठमाडौं  । नेपालमा वैदेशिक लगानी भित्र्याउन नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र कोरियन कम्पनी एमएबीसी इन्भेस्टमेन्ट ग्रुप प्रालिबीच सम्झौता भएको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा सोसम्बन्धी सहमतिमा सम्झौता भएको हो । सम्झौतामा चीनको लागि नेपालका राजदूत विष्णु पुकार श्रेष्ठको उपस्थितिमा एमएवीसी इन्भेस्टमेन्ट गु्रपका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टका प्रतिनिधि शिवराज दवाडीले हस्ताक्षर गरेका […]

आर्थिक वृद्धिदर ३.८७ प्रतिशत र ५७ खर्बको अर्थतन्त्रको आकार सहित तथ्यांक सार्वजनिक

काठमाडौं । राष्ट्रिय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा तीन दशमलव ८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । योसँगै गत आर्थिक वर्षको भन्दा चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरमा एक दशमलव ९२ प्रतिशतले वृद्धि हुने देखिएको छ । गत आर्थिक वर्षमा अर्थतन्त्रको वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ९५ प्रतिशत थियो । त्यसअघि आर्थिक वर्ष […]

काठमाडौंमा लगानी सम्मेलन सफलको उदघोष गर्दा कार्णालीमा अनिश्चित

काँक्रेविहार (सुर्खेत)। काठमाडौंमा तेस्रो लगानी सम्मेलन २०२४ समाप्त भएको अवस्थामा कार्णालीमा गरिने लगानी सम्मेलन भने अनिश्चित बनेको छ । यही वैशाख १९ र २० गतेका लागि घोषणा गरिएको कर्णाली लगानी सम्मेलन अनिश्चित बनेको छ । कर्णाली प्रदेशका तत्कालिन मुख्यमन्त्री राजकुमार शर्माले लगानी सम्मेलन गर्न २०८० असोज ६ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकमा आयोजनाको विवरणसहित प्रस्तावना तयार […]

माग नबढ्दा सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो

काठमाडौं । मंगलबार चाँदीको मुल्य घट्दा सुनको मुल्य भने स्थिर रहन पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार माग बढ्न नसक्दा मंगलबार सुनको मुल्य स्थिर रहन पुग्यो र बजारमा सोमबार कै मुल्यमा कारोबार भएको छ । सोमबारका लागि महासंघले छापावाला सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला […]

नेपालमा लगानी बढाउन विदेशी लगानीकर्तासँग उपप्रधानमन्त्री लामिछानेको आग्रह

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा लगानीमैत्री वातावरण रहेको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तासँग आग्रह गरेका छन्। सोमबार लगानी सम्मेलनका क्रममा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले लगानीकर्ताको समस्यालाई सरकारले बुझेको र सोहीअनुसारका समस्या समाधानका नीति निर्माणमा सरकार लागिपरेको जिकिर गरे । उनले नेपालमा लगानी गर्नका लागि धेरै क्षेत्र […]

लगानी प्रवर्द्धनको वातावरण सृजना गरिनेछ: अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि कानुनी सहजीकरण तथा सबै प्रकारका उचित वातावरण सृजना गर्न आफ्नो पार्टी दृढ रहेको बताएका छन् । तेस्रो लगानी सम्मेलनको समापनसत्रलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पार्टी स्वदेशी र विदेशी निजी क्षेत्रका लगानी प्रवर्द्धनका लागि संशोधित कानुनको प्रभावकारी कार्यान्वयन तथा उचित वातावरण सृजनाका […]

नेपाललाई दक्षिण एशियाको मुख्य पर्यटन गन्तव्यका रुपमा विकास गर्छौँः मन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाललाई दक्षिण एशियाको मुख्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने विश्वास व्यक्त गरेका छन् । काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनमा बोल्दै उनले विदेशी पर्यटकको सङ्ख्यात्मक वृद्धिसँगै उच्च गुणस्तरका पर्यटक आकर्षण गर्न जोड दिइने बताए । पर्यटनमन्त्री तामाङले राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६-२०२५) अन्तिम चरणमा रहेको उल्लेख गरे […]