नेपालमा लगानी बढाउन विदेशी लगानीकर्तासँग उपप्रधानमन्त्री लामिछानेको आग्रह

Prabhu

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा लगानीमैत्री वातावरण रहेको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तासँग आग्रह गरेका छन्।

सोमबार लगानी सम्मेलनका क्रममा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले लगानीकर्ताको समस्यालाई सरकारले बुझेको र सोहीअनुसारका समस्या समाधानका नीति निर्माणमा सरकार लागिपरेको जिकिर गरे ।

उनले नेपालमा लगानी गर्नका लागि धेरै क्षेत्र रहेको उल्लेख गर्दै सरकार लगानीकर्ताको सुरक्षाका लागि सबै किसिमबाट प्रतिबद्ध रहेको बताए। जग्गा मूल्यांकन गर्ने, जग्गा किन्ने र भाडामा दिने विषयमा धेरै जटिल समस्यालाई समाधान गरेको बताए।

उनले वन लगायतका विभिन्न समस्यामा पनि सरकारले समाधानका लागि विधेयकमार्फत ऐन बनाइ सहज बनाएको बताए। उनले नेपालका पर्यटन, विद्युत, आइटी, कृषि लगायतका क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्तासँग आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार