माग नबढ्दा सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो

Prabhu

काठमाडौं । मंगलबार चाँदीको मुल्य घट्दा सुनको मुल्य भने स्थिर रहन पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार माग बढ्न नसक्दा मंगलबार सुनको मुल्य स्थिर रहन पुग्यो र बजारमा सोमबार कै मुल्यमा कारोबार भएको छ ।

सोमबारका लागि महासंघले छापावाला सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँ तोकेको थियो । मंगलबारको लागि पनि सोहि मूल्य छापावाला र तेजावी सुनको तोकिएको छ ।
महासंघका अनुसार मंगलबार छापावाला सुन प्रति १० ग्राम १ लाख १७ हजार ६ सय २५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १७ हजार ६५ रुपैयाँ तोकेको छ । सोमबार पनि सोहि मुल्यमा बजारमा कारोबार भएको थियो जसले गर्दा छापावाला सुन र तेजावी सुन प्रति १० ग्रामको मुल्य पनि मंगलबार सोमबार कै कायम भएको छ ।

त्यस्तै मंगलबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । महासंघले मंगलबारका लागि चाँदी प्रतितोला १ हजार ६ सय ५० रुपैयाँ तोकेको छ ।  मंगलबार चाँदी प्रति १० ग्रामको १ हजार ४ सय १४ रुपैयाँ तोकेको छ ।महासंघले सोमबारका लागि चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँ तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार