नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच सम्झौता

Prabhu

काठमाडौं  । नेपालमा वैदेशिक लगानी भित्र्याउन नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र कोरियन कम्पनी एमएबीसी इन्भेस्टमेन्ट ग्रुप प्रालिबीच सम्झौता भएको छ ।

नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा सोसम्बन्धी सहमतिमा सम्झौता भएको हो । सम्झौतामा चीनको लागि नेपालका राजदूत विष्णु पुकार श्रेष्ठको उपस्थितिमा एमएवीसी इन्भेस्टमेन्ट गु्रपका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टका प्रतिनिधि शिवराज दवाडीले हस्ताक्षर गरेका हुन् । कोरियन कम्पनीले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित ऊर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्वीकृति लिएको छ । यस्तो लगानीको रकम नेपाली छ अर्ब बराबर रहेको छ ।

सम्झौतापत्रमा नेपालभित्र ल्याउने वैदेशिक लगानीमार्फत स्थापना र सञ्चालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार