सुनको मूल्य घट्यो चाँदीको बढ्यो

Prabhu

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ । सोमबार छापावाला सून प्रतितोलना ४ सय रुपैयाँले घटेको हो । छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले घट्दा सोमबारका लागि सूनचाँदी व्यवसाय महासंघले छापावाला सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ तोकिएको छ । तेजावी सुन पनि प्रतितोला ४ सय रुपैयाँले घट्दा सोमबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँ तोकेको छ ।

आइतबारका लागि छापावाला सुन प्रतितालो एक लाख ३७ हजार ६ सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार नौ सय ५० रुपैयाँ तोकिएको थियो ।
महासंघका अनुसार सोमबार छापावाला सुन प्रति १० ग्राम १ लाख १७ हजार ६ सय २५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १७ हजार ६५ रुपैयाँ तोकेको छ ।
त्यस्तै सोमबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघले सोमबारका लागि चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँ तोकेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार