RE
Global College

सीआईटीको नाफा ८८ करोड २४ लाख

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक २०८०\०८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्बजनिक गरिएको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म सीआईटीले ८८ करोड २४ लाख खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको  सोही अवधिमा  सीआईटीले जम्मा ७७ करोड ७९ लाख  नाफा गरेको थियो । अघिल्लो बर्षको सोही अबधिको तुलनामा  सीआईटीको  १३.४३ प्रतिशतले नाफा बृदी भएको देखिएको छ  ।

अघिल्लो वर्षको सोहि अबधिमा भन्दा सीआईटीले  खुद ब्याज आम्दानी १५.८१ प्रतिशतले बढाई  ३५ करोड ३२ लाख  पुर्याएको छ । अघिल्लो वर्ष यो  अवधिमा  कम्पनीको ३० करोड ५० लाख  खुद ब्याज आम्दानी  थियो।

समीक्षा अवधिसम्ममा लम्पनीले  १ खर्ब ४ करोड सेवा शुल्क तथा कमिसन आम्दानी गरेको छ । अघिल्लो वर्ष सोहि अवधिमा  ९३ करोड ५० लाख आम्दानी  गरेको थियो ।

सीआईटीको जगेडामा २५ अर्ब ५० करोड  रहेको छ भने शेयर पुँजी ५ अर्ब ३१ लाख रहेको छ  अघिल्लो वर्ष जगेडा कोषमा  ३१ अर्ब २२ करोड थियो । यो सँगै जगेडा कोष  १८.३२ प्रतिशतले घटेको छ ।

 

NECO

Leave Your Comment

Related News