माइक्रोफाइनान्सबाट बाहिरिएर एसएमइ कर्जामा लाग्न बैंकहरुलाई पुर्बअर्थ मन्त्री युबराज खतिवडाको सुझाब

Prabhu

काठमाडौं । बैंकहरुलाई माइक्रोफाइनान्सबाट बाहिरिएर एसएमई कर्जा बिस्तारमा लाग्न पूर्वअर्थमन्त्री युवराजले सुझाएका छन् ।

नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) ले आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयक राष्ट्रिय सम्मेलमा उनले यस्तो बताएका हुन् ।

उनले बैंकहरुले दुई सय वटा व्यवसायीहरुलाई मात्रै कर्जा थप गर्दै लगेको बताए । उनले बैंकहरुले २ सय उद्योगी व्यवसायीहरु माथि कर्जा थप्दै जाने तर कर्जाको पहुँच सबै व्यवसायीमा पुगेन भनेर कहिल्यै गन्तव्यमा नपुगिने बताए । उनले १२ लाख नागरिक गरिवीको रेखामुनी रहेको भन्दै २२ लाखलाई नेट गरी ३० लाख मानिसहरुलाई पैसा दिएको बताए ।

उनले माइक्रोफाइनान्स संस्थाले ल्याएका सदस्यहरुलाई आफूतिर तान्न भीडभाड गरेर मात्रै सबै व्यवसायीहरुको पहुँचमा कर्जा पुग्न नसक्ने बताए

आगामी आर्थिक वर्षको मौद्रिक नीतिले त्यसलाई राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने बताए । उनले बैंकलाई राष्ट्र बैंकले ५ प्रतिशत पुर्याउनै पर्ने स्ट्रेस पनि नदिन नहुने बताए । उनले बैंकहरुलाई आफैँ प्रोजेक्ट खोजेर लगानी गर्न समेत आग्रह गरे ।

उनले कुनै प्रोजेक्ट डेभलप गर्नेमा नाफाको १ प्रतिशत भएपनि खर्च बैंकहरुले गर्न आवश्यक रहेको बताए । उनले प्रोजेक्टबेस फाइनान्सिङमा बैंकहरुको थप काम चाहिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार