अघि बढ्यो एमसीसी, नवलपरासीमा ४०० केभी सबस्टेशन बनाउन भारतीय कम्पनीसँग सम्झौता

Prabhu

काठमाडौं । एमसीसीको परियोजनाको पहिलो ठेक्का लागेको छ । एमसिए–नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माणका ठेक्का सम्झौता गरेको छ ।

यो सबस्टेशन भारतीय कम्पनी लिङ्कसन इण्डिया प्रालिले बनाउने भएको छ । एमसीए नेपाल र भारतीय कम्पनीबीच विहीबार निर्माण सम्झौता भएको छ ।

बिहिबार नवलपरासीमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, अमेरिकी राजदूत डीन आर. थम्पसन, स्थानीय अधिकारीहरू तथा जनप्रतिनिधिहरूको उपस्थितिमा सम्झौता भएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी राजदूत महामहिम डीन आर. थम्पसनले नेपालको घरेलु उपभोग, विस्तारित व्यापारिक एवम् औद्योगिक संस्थाहरू तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दो विद्युत् उपलब्ध गराइरहेको बताए ।

उनले यो ४०० केभी नयाँ बुटवल सबस्टेशनले नेपालको विद्युत् प्रसारण क्षमतामा सुधार ल्याउने बताए ।

सबस्टेसन निर्माण ३९ महिनामा सक्ने गरी सम्झौता भएको हो । विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले यो ४०० केभी सबस्टेसन प्राधिकरणको प्राथमिकतामा रहेको संरचना भएको बताए ।

उनले यो प्रसारणलाइनले सीमापार ऊर्जा व्यापारका लागि विद्यमान २२० केभी सबस्टेशनलाई सघाउन बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार