माघ दोस्रो साता अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलन

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा’ सम्मेलन आयोजना गर्ने भएको छ । केन्द्रले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही माघ १३ देखि १५ गतेसम्म सम्मेलन आयोजना गरी दिवस मनाउन लागिएको जानकारी दिएको छ । संयुक्त राष्ट्रसङ्घले पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगत्को हित गर्ने […]

भिजन लुम्बिनी उर्जा कम्पनीको साधारणसभा सम्पन्न नयाँ नेतृत्व चयन

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको पाँचौ र छैटौ साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको २०८१ पुड २० गते सम्पन्न साधारण सभाले ६ जनाको सञ्चालक समिति निर्माण गरेको छ । साधारण सभाले निर्वाचित गरेका सञ्चालकमा सुदिप सिंह अधिकारी,जगत बहादुर पोखरेल, बबम बहादुर गुरुङ, बासुदेब भण्डारी,नेहा अग्रवाल, राजेन्द्र अधिकारी रहेका छन् । साधारण सभा पश्चात […]

ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकार दुवै पक्षमा खुलापन आवश्यक

काठमाडौं ।  ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि निजी क्षेत्र र सरकार दुवै पक्षमा खुलापन आवश्यक रहेको विज्ञहरूले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २५ औं रजत जयन्तीको अवसरमा आयोजित ‘ड्राइभिङ इकोनोमिक एण्ड सोसियल ट्रान्सफर्मेसन थ्रो इनर्जी’ विषयक प्राविधिक सत्रमा धारणा राख्ने जानकारहरुले निजी क्षेत्र र सरकार दुवैमा खुलापन भए मात्रै यस […]

बलेफी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले १,८२,७९, ७०० कित्ता शेयर को प्रति कित्ता  रु.१००/- एक सयका दरले गरेको हकप्रद शेयर निष्काशनको प्राप्त आवेदनको आधारमा बाँडफाँड गरेको छ । कम्पनीले शेयर दाखिल खारेज बन्द भएको २०८१कार्तिक २७ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले २०८१ मंसिर २७ देखि २०८१पुष १७ सम्म दिएको आवेदनको आधारमा १:१ को अनुपातमा हकप्रद शेयर […]

बुटवल पावर कम्पनीको ३२ औं वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांस प्रस्ताव पारित

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ  । सभाले शेयरधनीहरुलाई आ.व. २०८०\८१ को मुनाफाबाट चुक्त पूँजीको ५% (पाँच प्रतिशत) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै संचालक समितिले पेश गरेका साधारण सभा पेश गरेका प्रस्ताव पारित गरेको छ  । कम्पनीका अनुसार  नेपाल सरकारको आंशिक लगानी रहेका कारण […]

 पिपुल्स हाइड्रोपावरको सत्रौं वार्षिक साधारणसभा सम्पन्न, हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं ।  पिपुल्स हाइड्रोपावरले सत्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले सञ्चालक समितिको सत्रौं वार्षिक (आर्थिक वर्ष २०८० /०८१) प्रतिवेदन माथि  छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसंग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गरेको हो । सभाले […]

अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी गरेको छ […]

जगदुल्ला हाइड्रोले भन्यो ‘ठेक्कालाई लिएर उर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो’

काठमाडौं । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट) को निर्माण कार्यको बोलपत्र आह्वानको प्रक्रियालाई लिएर उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र आफ्नो कम्पनीको चरित्रहत्या गर्न खोजिएको बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले आज एक विज्ञप्ति जारी गरी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको जगदुल्ला जलविद्युत आयोजनाको निर्माण […]

ठूलो खोला हाइड्रोपावरको बार्षिक साधारणसभा सम्पन्न, आईपीओ निष्कासन गर्ने

काठमाडौं । ठूलो खोला हाइड्रोपावर लिमिटेडको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले ११ लाख कित्ता सेयर आईपीओ निष्काशन गर्ने भएको छ । सभाबाट संचालक समिति सदस्यमा धिराज कार्की निर्वाचत भएका छन् ।  सभाबाट संचालक समितिको तर्फबाट संचालक समितिका अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष […]

४९.९५ मेगावाटको दानाखोला आयोजनामा ७ अर्ब ४७ करोड लगानी जुट्यो

काठमाडौं । लालुपाते हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ। उर्जा जलस्रोत तथा सिचाई मन्त्री दिपक खड्काको उपस्थितिमा शुक्रबार कम्पनी र ऋण प्रवाह गर्ने वित्तीय संस्थाबीच सम्झौता भएको हो। सानिमा बैंकको अगुवाइमा नबिल बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र […]