अरुण तेस्रो जलविधुत आयोजनाको ७५% काम पूरा, एक वर्षमा बिधुत उत्पादन सुरु हुने
काठमाडौं । बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाबाट बिधुत उत्पादन सुरु हुनेछ । भारतको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपीडीसी) को करिब १ खर्ब लगानीमा निर्माण भइरहेको आयोजनाको अहिले करिब ७५ प्रतिशत काम पूरा भइसकेको जनाइएको छ । आयोजनाबाट ९०० मेगावाट(मेवा) विद्युत् उत्पादन हुनेछ । […]