पूर्ण विद्युतीकरण घोषणा गर्न मात्र बाँकी: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा पूर्ण विद्युतीकरण घोषणा गर्न मात्र बाँकी रहेको बताएका छन्। शुक्रबार प्राधिकरणमा दोस्रो कार्यकालको तीन वर्ष पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले यस्तो बताएका हुन्। आठ वर्षअघि अर्थात आर्थिक वर्ष २०७२/७३ मा उनी प्राधिकरणको नेतृत्वमा आउँदा मुलुकको विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । ‘तीन […]

बिधुत प्राधिकरणले बुझायो लेखा समितिलाई टीओडी मिटरसहितको विवरण

काठमाडौं ।नेपाल विद्युत प्राधिकरणले संसदको सार्वजनिक लेखा समितिमा उद्योगहरुले प्रयोग गरेको डेटिकेटेड तथा ट्रंक लाइनको विवरण बुझाएको छ । शुक्रबारको लेखा समितिको बैठकले विद्युत प्राधिकरणसँग टीओडी मिटरसहितको विवरण माग्ने निर्णय गरेको थियो । प्राधिकरणसँग टीओडी मिटरको विवरण मागेर ५ दिनमा प्रतिवेदन बनाउने र त्यसपछि बस्ने बैठकले निर्णय गर्ने लेखा समितिले निर्णय गरेको छ । शुक्रबार […]

पिपुल्स इनर्जीले सेबोनसँग आईपीओको अनुमति माग्यो

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड ९सेबोन० सँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आईपीओ निष्कासनका लागि सेबोनसँग अनुमति मागेको हो । पिपुल्सलाई आईपीओ जारी गर्न विद्युत् नियमन आयोगले गत साउन २२ गते सहमति दिएको थियो […]

ऊर्जा बन्ड र ऊर्जा ऋणपत्रलाई ऊर्जा क्षेत्रमा गरिएको लगानीको रुपमा गणना गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले का ऊर्जा बन्ड लगायतका ऊर्जासम्बन्धी ऋणपत्रमा गरेको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाइने व्यवस्था गरेको छ। केन्द्रिय बैंकले चालु आवको मौद्रिक नीतिलाई कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई आज जारी गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरेको हो। ‘उर्जा क्षेत्रसँग सम्बन्धित सार्वजनिक संस्थान र पब्लिक लिमिटेड कम्पनीहरुले […]

ऊर्जालाई समृद्धिको आधार बनाउन प्रधानमन्त्री ओलीलाई इप्पानको आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा इपानका अध्यक्ष गणेश कार्की नेतृत्वको प्रमण्डलले आज प्रधानमन्त्री ओलीलाई भेटेर संसद्मा विचाराधीन विद्युत् विधेयक, २०८० लाई निजी क्षेत्रका सवालहरु समेटेर पारित […]

सार्वजनिक निष्काशनमा जलविद्युत कम्पनीको विकृत्ति रोक्न ६५ प्रतिशत भौतिक प्रगतिको भएको कम्पनीलाई मात्रै स्वीकृति दिइने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत कम्पनीको जलविद्युत कम्पनीको भौतिक पूर्वाधार कम्तिमा पनि ६५ प्रतिशत मात्र निर्माण सम्पन्न भए पछि मात्र सार्वजनिक निष्काशनका लागि अन्तिम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । जलविद्युत समूहका सूचीकृत संगठित संस्थाहरुको शेयर संरचनाको अवस्था र सोको प्रभावका सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनको सुझावको आधारमा उक्त निर्णय गरेको हो। […]

दिव्यश्वरी हाइड्रोपावरको घाटा बढ्यो, प्रति शेयर आम्दानी पनि ऋणात्मक

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरको घाटा बढेको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा घाटा बढेको देखिएको हो। गत आवको चौथो त्रैमाससम्म कम्पनीको घाटा ३ करोड ९१ लाख ३० हजार रुपैयाँ रहेको छ। अघिल्लो आवमा कम्पनीको घाटा ३ करोड ८२ लाख ४४ हजार रुपैयाँ थियो। हाल कम्पनीको घाटा ८ लाख […]

एक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत निर्यात

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८०/८१मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको […]

मौद्रिक नीतिमा आपत्ति जनाएको इप्पानले अर्थमन्त्रीसँग राख्यो ५ बुँदे माग

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरुको मनोबल बढाउने गरी कामगर्नुपर्ने बताएका छन् ।नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री पौडेलले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुसँगको भेटमा अब बिजुली पुग्यो भन्ने ठाउँमा नेपाल नपुगेकोले ऊर्जा उत्पादनकलाई हौसला दिनुपर्ने बताएका हुन् । सिंहदरबारस्थित अर्थमन्त्रालयमा भएको भेटमा उपप्रधान एवं अर्थमन्त्री पौडेलले अहिले नेपालले बिजुली आयात र […]

मौद्रिक नीतिमा उर्जा व्यावसायीको एजेण्डा नसमेटिएको भन्दै इप्पानको आपत्ति

काठमाडौं । साढे दुई दशकदेखि ऊर्जा उत्पादन सुरु गरेको निजी क्षेत्रबाट मात्र हालसम्म २५ सय मेगावाट बराबरका १८२ आयोजना निर्माण सम्पन्न भैसकेका छन् भने ३९ सय मेगावाट बराबरका १३७ आयोजना निर्माणाधीन र  ३९ सय मेगावाट बराबरका १३६ आयोजना नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भएर वित्तिय व्यवस्थापनको पर्खाइमा छन् । सर्वे अनुमतिपत्र सम्पन्न गरेर […]