तमोर–मेवा जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु

काठमाडौं । तमोर–मेवा जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ। ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको जलबिदुत आयोजनाको संविधानसभा सदस्य सञ्चकपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूद्वारा संयुक्त रूपमा  शिलान्यास गरेका छन्  । यो आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड रहेको छ  । यो […]

सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लक्ष्मी सनराईज बैंकको लगानी

काठमाडौं । ललितपुरको दक्षिणि क्षेत्र  र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निमार्ण हुने ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लक्ष्मी सनराईज बैंकको अगुवाईमा सहवित्तियकरणमा लगानी हुने  भएको छ । सो सम्बन्धमा सुपर बागमती हाइड्रोपावर र बैङ्कको बीचमा सम्प भएको छ । आयोजनाको कूल लागत ९.२८ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय […]

नेपाल सोलार फार्म लिमिटेडले आईपीओ जारी गर्ने

काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्रीमा जारी गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरको १२ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्नको निमित्त ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त सम्बन्धमा नेपाल सोलार फार्म […]

हाइड्रो व्यवसायीको संस्था इप्पानले आफ्नै भवन बनाउने, खडा गर्यो कोष

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आफ्नो कार्यालय भवन बनाउने भएको छ । यसका लागि इप्पानले जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ । शुक्रबार काठमाडौमा भएको इप्पानको २२औँ साधारणसभाबाट कोष स्थापनाको निर्णय भएको हो । इप्पानका कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्तका अनुसार २ वटा कोष बनाइएको छ । नीति अनुसन्धान […]

त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन उद्घाटन

काठमाडौं । चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत त्रिशूली थ्री बी हब २२०–१३२–३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ । नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंसीमा निर्माण गरिएको सबस्टेसन सञ्चालनमा आएको हो । आयोजनाको सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमका लागि किस्पाङ गाउँपालिकाको भाल्चेमा निर्माण गरिएको ३३–११ केभी विद्युत् वितरण सबस्टेसन समेत शुक्रबार नै उद्घाटन गरिएको छ । ऊर्जा […]

डेडिकेटेड र ट्रंक लाइनको विद्युत विवादमा लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं । सरकारले डेडिकेटेड तथा ट्रंकलाइन सम्बन्धि विद्युत बक्यौताको विवादममा छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गरिशिचन्द्र लालको अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो । आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै मन्त्रिपरिषदले जाँचबुझ आयोगले गरेका सिफारिसहरू कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पत्र […]

१० वर्षभित्र उर्जा क्षेत्रमा ६१ खर्ब लगानी आवश्यक (अध्यक्ष गणेश कार्कीको विचार)

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले सरकारले उर्जा क्षेत्रमा लिएको लक्ष्य पूरा गर्न आगामी सन् २०३५ भित्र ६१ खर्ब रुपैयाँ लगानी आवश्यक हुने बताएका छन् । इप्पानको साधारणसभामा बोल्दै अध्यक्ष कार्कीले १० वर्षभित्र भारतमा १० हजार र बंगलादेशमा ५ हजार मेगावाट बिजुली निर्यात गर्ने तथा १३ हजार ५०० मेगावाट आन्तरिक […]

निजी क्षेत्रको  महत्त्वपूर्ण भूमिकाले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने स्थिति आएको हो  : प्रधानमन्त्री

काठमाडौं । निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आव्हान गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उनले १० हजार मेगावाट विद्युत निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धी हुने विश्वास व्यक्त गरे । “छिमेकी राष्ट्र भारतसँग १० वर्षमा […]

आगामी वर्षसम्म विद्युत उत्पादन क्षमता ४५ सय मेगावाट पुर्याउने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र कुल विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावट पुर्याउने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षभित्र विद्युतको कुल जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याइने घोषणा गरेका हुन् । उनले आगामी वर्षभित्र प्रतिव्यक्ति विद्युत खपत ४५० किलोवाट प्रतिघण्टा […]

सूर्यकुण्ड हाइड्रोलाई आईपीओ निष्कासन स्वीकृति

काठमाडौं । विद्युत नियमन आयोगले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको लागि पूर्व स्वीकृति प्रदान गरेको छ । कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजार को प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको हो । प्राथमिक सेयर निष्काशन (आईपीओ) को लागि कम्पनी र कुमारी क्यापिटलबीच सम्झौता […]