श्री साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले २५ लाख कित्ता आइपीओ निष्कास गर्दै, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । श्री साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन मार्फत धितोपत्र निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौलाई निष्काशन तथा बिक्री प्रबन्ध नियुक्त गरेको छ । सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले दोलखा जिल्लामा अवस्थित खानि खोलाको […]

४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको पहिलो र दोस्रो अडिट जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङ निर्माण पूरा हुन लागेको हो । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँधबाट […]

हिमालयन ऊर्जा विकासले साउन २४ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीले साउन २४ गतेदेखि हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपियाँका दरले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले असार २० गते बुक क्लोज गरिसकेको छ । यसका आधारमा असार १९ गतेसम्म कायम शेयरधनीले […]

नवनियुक्त ऊर्जामन्त्रीसामु इप्पानले भन्यो-‘विद्युत विधेयक फिर्ता लिएर पुनर्लेखन गर्नुपर्छ’

काठमाडौं ।   स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले संसदमा दर्ता भएको विद्युत विधेयक फिर्ता हुनुपर्ने बताएका छन् । विद्युत विकास विभागको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै डाँगीले नवनियुक्त ऊर्जामन्त्री दीपक खड्कासामु विद्युत विधेयक २०८० लाई संसोधन नभई फिर्ता हुनुपर्ने र यसलाई पुनर्लेखन नै गर्नुपर्ने बताएका हुन् । […]

डेडीकेटेड र ट्रकलाइन सम्बन्धि विवाद छलफल र संवादबाट हल गर्न इप्पानको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र उद्योग व्यवसायीहरुबीच भएको डेडीकेटेड/ट्रक लाइनको बक्यौता सम्बन्धी विवादबारे स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को गम्भीर ध्यानाकर्षण भएको छ । पछिल्लो समयमा विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काट्न थालेको र केही उद्योगहरुले यसको विरुद्ध अन्य उद्योगहरुले तालाबन्दी गरेर उद्योग बन्द गर्ने भनेर सार्वजनिक गरेपछि यसले निजी क्षेत्रका ऊर्जा प्रर्वद्धकहरुलाई चिन्ता बढाएको […]

ऊर्जा क्षेत्रमा गुणात्मक र उल्लेखनीय प्रगति भएको छ: मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासमा उल्लेखनीय र गुणात्मक प्रगति भएको बताएका छन् । उनको बिदाइका लागि आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले दीर्घकालीन विद्युत् व्यापार सम्झौता र आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सहमति आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको बताएका हुन् । मन्त्री बस्नेतले […]

४० मेगावाट विद्युत् किन्न बंगलादेशले पत्र पठायो, नेपालले प्रतियुनिट ६.४० सेन्ट पाउने

काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । बिपिडिबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो । कानुनमा भएको व्यवस्था बमोजिम बिपिडिबी […]

तेह्रथुम पावर कम्पनीको शेयरको लक इन अवधि समाप्त हुदै

काठमाडौं । तेह्रथुम पावर कम्पनीको स्थानिय, कर्मचारी र संस्थापकमा रहेको ३२१६००० कित्ता शेयरको लक इन अवधि २७ गतेबाट समाप्त हुँदै छ । कम्पनीले कम्पनीले  २०७८ श्रावण ५ गते देखी २०७८ श्रावण १९ गतेसम्म स्थानीय बासिन्दाहरुका लागि तथा मिति २०७८ भाद्र ९ देखि भाद्र १३ गते सम्म सर्वसाधारणमा ( कर्मचारीहरु समेतमा) निष्कासन तथा बिक्री खुल्ला गरी […]

भोटेकोशी खोला जलविद्युत आयोजनाको इन्टेक ढलान भत्किदा ३ जना बेपत्ता

काठमाडौं ।  सिन्धुपाल्चोकको भोटेकोशीमा निर्माणाधीन जलविद्युत् आयोजनाको इन्टेक ढलान भत्किदा ३ जना बेपत्ता भएका छन् । इलेक्ट्रिक हाइड्रोपावरले निर्माण गरिरहेको ४० मेगावाटको भोटेकोशी खोला जलविद्युत आयोजना इन्टेक ढलान भत्किदा ३ जना बेपत्ता भएका हुन्। ढलान भत्किदा १० जना मजदुर फसेका थिए।, जसमध्ये ७ जनाको उद्धार गरिएको छ । बाँकीको उद्धार भइरहेको बताइएको छ ।  

मैलुङ खोला जलविद्युतको संस्थापक शेयरको लक इन समय सकिदै

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको शंस्थापक , कर्मचारी र स्थानियको नाममा रहेको शेयरको २९५९८७० कित्ता  शेयरको लक इन  अवधि सकिन लागेको  छ । कम्पनीले   २०७४ साल जेठ १७ देखि ३१ सम्म स्थानिय र २०७४ साउन १४ देखि १९ सम्म कर्मचारी र सर्बसाधारणको लागि शेयर निश्काशन गरेको थियो । कम्पनीको संस्थापक शेयरधनी, स्थानीय बासिन्दाहरु तथा […]