४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको पहिलो र दोस्रो अडिट जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङ निर्माण पूरा हुन लागेको हो । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँधबाट […]

हिमालयन ऊर्जा विकासले साउन २४ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीले साउन २४ गतेदेखि हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपियाँका दरले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले असार २० गते बुक क्लोज गरिसकेको छ । यसका आधारमा असार १९ गतेसम्म कायम शेयरधनीले […]

नवनियुक्त ऊर्जामन्त्रीसामु इप्पानले भन्यो-‘विद्युत विधेयक फिर्ता लिएर पुनर्लेखन गर्नुपर्छ’

काठमाडौं ।   स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले संसदमा दर्ता भएको विद्युत विधेयक फिर्ता हुनुपर्ने बताएका छन् । विद्युत विकास विभागको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै डाँगीले नवनियुक्त ऊर्जामन्त्री दीपक खड्कासामु विद्युत विधेयक २०८० लाई संसोधन नभई फिर्ता हुनुपर्ने र यसलाई पुनर्लेखन नै गर्नुपर्ने बताएका हुन् । […]

डेडीकेटेड र ट्रकलाइन सम्बन्धि विवाद छलफल र संवादबाट हल गर्न इप्पानको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र उद्योग व्यवसायीहरुबीच भएको डेडीकेटेड/ट्रक लाइनको बक्यौता सम्बन्धी विवादबारे स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को गम्भीर ध्यानाकर्षण भएको छ । पछिल्लो समयमा विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काट्न थालेको र केही उद्योगहरुले यसको विरुद्ध अन्य उद्योगहरुले तालाबन्दी गरेर उद्योग बन्द गर्ने भनेर सार्वजनिक गरेपछि यसले निजी क्षेत्रका ऊर्जा प्रर्वद्धकहरुलाई चिन्ता बढाएको […]

ऊर्जा क्षेत्रमा गुणात्मक र उल्लेखनीय प्रगति भएको छ: मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासमा उल्लेखनीय र गुणात्मक प्रगति भएको बताएका छन् । उनको बिदाइका लागि आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले दीर्घकालीन विद्युत् व्यापार सम्झौता र आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सहमति आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको बताएका हुन् । मन्त्री बस्नेतले […]

४० मेगावाट विद्युत् किन्न बंगलादेशले पत्र पठायो, नेपालले प्रतियुनिट ६.४० सेन्ट पाउने

काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । बिपिडिबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो । कानुनमा भएको व्यवस्था बमोजिम बिपिडिबी […]

तेह्रथुम पावर कम्पनीको शेयरको लक इन अवधि समाप्त हुदै

काठमाडौं । तेह्रथुम पावर कम्पनीको स्थानिय, कर्मचारी र संस्थापकमा रहेको ३२१६००० कित्ता शेयरको लक इन अवधि २७ गतेबाट समाप्त हुँदै छ । कम्पनीले कम्पनीले  २०७८ श्रावण ५ गते देखी २०७८ श्रावण १९ गतेसम्म स्थानीय बासिन्दाहरुका लागि तथा मिति २०७८ भाद्र ९ देखि भाद्र १३ गते सम्म सर्वसाधारणमा ( कर्मचारीहरु समेतमा) निष्कासन तथा बिक्री खुल्ला गरी […]

भोटेकोशी खोला जलविद्युत आयोजनाको इन्टेक ढलान भत्किदा ३ जना बेपत्ता

काठमाडौं ।  सिन्धुपाल्चोकको भोटेकोशीमा निर्माणाधीन जलविद्युत् आयोजनाको इन्टेक ढलान भत्किदा ३ जना बेपत्ता भएका छन् । इलेक्ट्रिक हाइड्रोपावरले निर्माण गरिरहेको ४० मेगावाटको भोटेकोशी खोला जलविद्युत आयोजना इन्टेक ढलान भत्किदा ३ जना बेपत्ता भएका हुन्। ढलान भत्किदा १० जना मजदुर फसेका थिए।, जसमध्ये ७ जनाको उद्धार गरिएको छ । बाँकीको उद्धार भइरहेको बताइएको छ ।  

मैलुङ खोला जलविद्युतको संस्थापक शेयरको लक इन समय सकिदै

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको शंस्थापक , कर्मचारी र स्थानियको नाममा रहेको शेयरको २९५९८७० कित्ता  शेयरको लक इन  अवधि सकिन लागेको  छ । कम्पनीले   २०७४ साल जेठ १७ देखि ३१ सम्म स्थानिय र २०७४ साउन १४ देखि १९ सम्म कर्मचारी र सर्बसाधारणको लागि शेयर निश्काशन गरेको थियो । कम्पनीको संस्थापक शेयरधनी, स्थानीय बासिन्दाहरु तथा […]

आँखुखोला जलविधुत कम्पनीले हकप्रद बिक्रि गर्ने

काठमाडौं । आँखुखोला जलविधुत कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि अनुमति पाएको छ । बोर्डले कम्पनीलाई यही असार १९ गते हकप्रद शेयर निष्काशनका लागि अनुमति दिएको हो । बोर्डले कम्पनीलाई १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमति दिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट […]