ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले  ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले हकप्रद शेयर बिक्रि प्रयोजनार्थ बुक क्लोज गरे पश्चात  नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले  ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रद बिक्रि पश्चात समायोजन गरेको हो समायोजन पश्चात  ङादी ग्रुप पावरको शेयरमूल्य  ङादीको २८९ रुपैयाँ कायम भएको […]

बलेफी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर मंसिर २७ बाट बिक्री खुला हुँदै

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला हुने  भएको छ । कम्पनीले यहि मंसिर २७ बाट हकप्रद खुल्ला गर्न लागेको हो  कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँका दरले १ […]

सुपर माई हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सुपर माई हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । साधारण सभा तथा लाभांश वितरणप्रयोजनको लागि कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात कम्पनीको शेयरमूल्य १ हजार ६५ रुपैयाँ ४२ पैसा कायम भएको […]

दुई करोड लगानीको वायु ऊर्जा परियोजना अव्यवस्थित मर्मतले ठप्प

काठमाडौं । बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ धौवादी डाँडास्थित रुद्रपुरमा नमूना आयोजनाका रूपमा सञ्चालन भएको धौवादीमा वायु ऊर्जा केन्द्र मर्मतसम्भारको अभावमा ठप्प भएको छ । एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा २०६८ सालमा रु दुई करोडको लागतमा स्थापना भएको केन्द्र टर्वाइन मर्मत तथा पुरानो ब्याट्री प्रतिस्थापन नहुँदा उत्पादनविहीन बनेको हो । हावाबाट पङ्खा घुमाएर टर्वाइनका माध्यमले […]

लिबर्टी ईनर्जीको हकप्रद शेयरमा आवेदन खुल्ला

काठमाडौं । लिबर्टी ईनर्जीको हकप्रद शेयरमा आवेदन खुल्ला भएका छ । आज (मंसिर १६ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला भएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको […]

२ अर्ब ६३ करोडका लागतमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट रहेको छ आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गत आइतबारदेखि सुरु भएको थियो । परीक्षण सफल भएसँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण गरी […]

बुढीगण्डकी लगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सम्पन्न बैठकले तीन सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत परियोजनाका लागि रु ७० अर्ब, एक सय छ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि रु २३ अर्ब ५९ करोड र दुई सय १० […]

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले सपथ लिए

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार साँझ अर्थमन्त्रालय अर्थमन्त्री विष्णुप्रसाद पौडलले अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । सोमबारको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

भ्रष्टाचारको विपक्षमा वकलात गर्ने प्रधानमन्त्रीको इमान्दारिता र निष्पक्षता सेबोन अध्यक्ष नियुक्तीबाट थाहा हुन्छ: रास्वपा सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ती प्रक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीको निष्पक्षता र इमानदारिता हेर्न पाइने बताएका छन् । फेसबुकमा स्ट्याटस लेख्दै सांसद झाले भ्रष्टाचारको विपक्षमा वकलात गर्ने प्रधानमन्त्री ओलीको इमान्दारिता र निष्पक्षता सेबोन अध्यक्ष नियुक्ती प्रक्रियाबाट थाहा हुने बताएका हुन् । झाले फेसबुकमा लेखेका छन्, सम्माननीय प्रधानमन्त्रीज्यू […]

नेपालले ‘बीबी माइनस’ पाउँदा कुन-कुन मुलुकले पाए सर्वोत्कृष्टको ट्याग ‘एएए’ ?

काठमाडौं ।  सरकारले करमा लिएको नीतिका कारण नेपाली अर्थतन्त्र सुधारउन्मुख भएको बताइएको छ । पछिल्लो वर्षहरुमा संघीय सरकारले घरेलु राजस्व परिचालन रणनीति लिए सँगै अर्थतन्त्र सुधारउन्मुख भएको नेपालको कन्ट्री रेटिङ गर्न आएको फिच रेटिङ एजेन्सीले बताएको हो । फिचका अनुसार अर्थतन्त्र सुधारका प्रयासमा राजस्व न्यूनस्तरबाट बढाउदै लैजाने क्रममा सन् २०२४ मा राजस्वको योगदान कुल गार्हस्थ […]