१२.८४ अंकले घट्यो शेयर बजार, १ अर्ब ८३ करोडले घट्यो कारोबार रकम

काठमाडौं । निरन्तर ओरोलो लागेको शेयर बजार सोमबार पनि घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १२.८४ अंकले घटेर २६७६.१५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३६ अंकले घटेर ४५५.६७ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.८३ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.५२ अंकले […]

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले साधारण सभामा ८ प्रतिशतको लाभांश प्रस्ताव लैजादै

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफनो १६ औं वार्षिक साधारण सभा पुस १९ गते गर्ने भएको छ । मंसिर २३ गते बसेको सञ्चालक समितिको ३०२ औं बैठकको निर्णय बमोजिम बैंकले पुस १९ गते बिहान ११ बजे ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल, मणिग्राम रुपन्देहीमा गर्न लागेको हो । बैंकले साधारण सभामार्फत् सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ५ […]

लिबर्टी माइक्रो लाइफले आइपीओ ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स पारम्भिक सार्वनजनिक निष्कासन (आइपिओ)  ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासनको अनुमति माग्दै निवेदन दिएको हो। धितोपत्र बोर्डले अनुमति दिएमा लिबर्टी माइक्रो लाइफले २२ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई […]

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा ८.३४ गुणा बढी आवेदन

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा माग भन्दा बढी आवेदन परेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्री खुला गरेको आईपीओमा १८ करोड ५५ लाख ९८ हजार रुपैयाँ बरावरको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार बिहान १०ः०६ बजेसम्म ३३ हजार ८०२ जनाले १८ लाख ५५ […]

सानिमा हाइड्रोपावरको ११औं वार्षिक साधारण सभा पुस २५ मा

काठमाडौं । सानिमा हाइड्रोपावर लिमिटेडले ११औं वार्षिक साधारण सभा पुस २५ गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय का.म.ना.पा. ४ धुम्बाराही काठमाडौंमा परान्ह ४ बजे शुरु हुने कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने […]

मञ्जुश्री फाइनान्सको नगद लाभांश घोषणा

काठमाडौं । मञ्जुश्री फाइनान्सले नगद लाभांश घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छे । मंसिर २३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.३५ प्रतिशत (कर प्रयोजनार्थ सहित) नगद लाभांश वितरण […]

हिमालयन डिष्टिलरीको लाभांश घोषणा

काठमाडौं । हिमालयन डिष्टिलरीले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा १५ प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थ सहित० छ। मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा […]

२६८९ मा खुम्चियो शेयर बजार, ४ कम्पनीको शेयर मुल्यमा लाग्यो नकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो दिन शेयर बजारको अधिकांश सूचक घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.९६ अंकले घटेर ४५७.०४ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ३.०५ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने २.२७ अंकले […]

शौर्य सिमेन्ट इण्डष्ट्रिजको तेस्रो वार्षिक साधारण सभा पुस १२ मा

काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस १२ गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल काठमाडौंमा बिहान १०ः३० बजे शुरु हुने जनाएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष २०८० पुस १२ गते आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता २६४.५१ रुपैयाँ प्रिमियम मूल्यमा स्थानिय […]

मिथिला लघुवित्तले नगद लाभांश वितरण गर्ने

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले नगद लाभांश वितरण गर्ने भएको छ । लघुवित्तले चुक्ता शेयर पुँजीको १५ प्रतिशत बोनस शेयर र ०.७१४२ प्रतिशत रकम अर्थात १४ लाख १९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । लघुवित्तको मंसिर २० गते बसेको सञ्चालनक समितिको २६२ औं बैठकले गत आर्थिक वर्ष ०८०८१ को मुनाफाबाट शेयरधनीहरुलाई […]